तीन वर्षिय बालकको मृत्यु प्रकरणः बुवाले घाटी थिची मारेको आशंका

तीन वर्षिय बालकको मृत्यु प्रकरणः बुवाले घाटी थिची मारेको आशंका

प्रेमराज सिम्खडा
कालीकोट साउन ३ गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा एक बालकको मृत्यु भएको घटनामा बालककै बुवा निर्मु दमाई प्रति आशंका गरिएको छ । गत शनिवार साँझ तीन वर्षिय बालक आनुन दर्जिको रहस्यमय मृत्युको कारण उनलाई जन्म दिने बुवा निर्मु दमाई हुन की भन्ने आशंका गरिएको हो ।
स्थानीयले पनि बच्चाको मृत्युको कारण बच्चाको सौतेनी बुवा निर्मु दमाई नै भएको भन्दै आएका छन । तर उनिहरु आफु जोखिम उठाएर निवेदन दिने पक्षमा छैनन । वडा नं ८ का वडा अध्यक्ष नौलासिहं वुढाले बच्चाको बुवाले यातना दिईरहेको कुरा वडामा पनि गुनासो यस भन्दा अगाडी आउने गरेको बताउनुभयो । आनुन निर्मुको कान्छी श्रीमतीवाट जन्मेका छोरा हुन । सुरुमा आफ्नो छोरा होइन भन्दै आएका निर्मुले पछि कान्छी श्रीमतीको काखवाट तानेर लगेका थिए ।
लिखित केही आएन तर मौखिक गुनासो आउने गरेकाले बच्चाको मृत्युको कारण बच्चाको बुवा नै भएको अनुमान वडा अध्यक्षको पनि छ । गाउँमै घटना मिलाउन खोजेको र बच्चाका मावली तर्फकालाई रुपियाँ दिएर मिलाउन खोजेका थिए । गाउँमा बच्चाको मृत्युको कारणवारे बच्चाको सौतेनी बुवा भएको सबैको आँशका छ ।
यस भन्दा अगाडी अनुसन्धानमा तानिएका एक जना स्थानीय मेडिकल सञ्चालक र रेकक्रसका कर्मचारी भने आवस्यक परेको बेला प्रहरी समक्ष उपस्थित हुने गरी कागज गरेर छुटेका छन । प्रयोग मिति सकिएको औषधी राख्नु र दिनु गल्ती उनिहरुको पनि हो । तर मृत्युको कारण औषधी नै हो भन्ने भएन र पछि पोस्टमको रिर्पोट पछि थप अनुसन्धान हुने गरि छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले घटना संकास्पद भएकाले अनुसन्धान भईरहेको बताउनुभयो । हामी अनुसन्धानमा छौ, अहिले यसै हो भन्न मिल्दैन, पोस्टमार्टम रिर्पोट र घटनाका वारे थप अनसन्धान पछि कारण खुल्ने बताउनुभयो । उहाँले लिखित कतैवाट नआएपनि बच्चा २८ गते तिर लढेको कुरा सुनिएको र बुवाले बेला बेला छोरालाई यातना दिने गरेको बुझिएको बताउनुभयो । हामीले बुज्नकै लागि बच्चाको आमा र बुवालाई बोलाएको बताउनुभयो ।
मृर्तक बालकका मावलीले बालकको मृत्यु औषधी सेवन भन्दा पनि यातनाका कारण भएको बताउदै आएका छन । तर उनिहरुको कुरा सुनेर पनि नसुने झै भईरहेको मावली तर्फकाे भनाइ छ । मृर्तक बालकको मावली तर्फका वजैले आफ्नो नाती आनुन दर्जिलाई उनका बुवाले यातना दिएर मारेको सबै समक्ष भन्दै आउनु भएको छ ।
प्रहरी प्रमुख रिमालले बाहिर जे कुरा आएपनि आफुकहाँ बालकका बुवाको बारेमा कुनै निवेदन नपरेको बताउनुभयो । मृर्तक बच्चाको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टममा संलन्न चिकित्सकले मृत्युको कारण रिर्पोट अगाबै भन्न नमिल्ने बताएपनि बच्चाको ठाउँकोमा रगत जमेको श्रोतको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित