प्रेमराज सिम्खडा
कालीकोट साउन २ गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा एक बालकको मृत्यु भएको छ । शनिवार साँझ तीन वर्षिय बालक आनुन दर्जिको रहस्यमय मृत्यु भएको हो । बालकको मृत्यु प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालक सहित दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धिरेन्द्र केसि र एक जना रेडक्रसका कर्मचारी रहेका छन । मेडिकलवाट मृर्तक बालकले औषधी सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसि र ति कर्मचारीलाई प्रक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले घटना संकास्पद भएकाले अनुसन्धान भईरहेको बताउनुभयो । हामी अनुसन्धानमा छौ, अहिले यसै हो भन्न मिल्दैन, मृर्तक बालकका मावलीले बालकको मृत्यु औषधी सेवन भन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाईरहेका छन । मृर्तक बालकका बाजेले आफ्नो नाती आनुन दर्जिलाई उनका बुवाले यातना दिएर मारेको बताउनुभयो ।
प्रहरी प्रमुख रिमालले बाहिर जे कुरा आएपनि आफुकहाँ बालकका बुवाको बारेमा कुनै निवेदन नपरेको बताउनुभयो । घटनाका वारेमा बिभिन्न कोणबाट अनुसन्धान भईरहेको बताउनुभयो । मेडिकलवाट प्रयोग मिति सकिएको औषधी प्रयोग भएको देखिएपछि सञ्चालकलाई अनुसन्धानका लागि वोलाईएको छ। मृर्तक बच्चाको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टममा संलन्न चिकित्सकले मृत्युको कारण भन्न नमिल्ने बताईरहेका छन ।
वालक मेडिकल पुगाउदा वाेलिरहेका थिएनन । तीन चार दिन देखि ज्वराे अाएकाे मात्र भने । मुखमा के कसरी घाउ भएकाे भनेर मेडिकलमा अाैषधी दिने ब्याक्तीले साेधेका बेला खेल्ने वेला घाउँ भएकाे प्रतिक्रिया दिएकाे र वच्चाकाे मृत्यु पछि बच्चाकाे शरिरमा हातले हानेकाे छाप समेत देखिएकाे स्थानीयकाे भनाइ छ । मृर्तक बालकको अहिले सम्म जन्मदर्ता पनि छैन । वडा नं ८ का वडा अध्यक्ष नौलासिहं वुढाले वडामा जन्मदर्ताको कुनै प्रमाण नभएको बताउनुभयो ।
वडाले किन दिन मानेन जन्मदर्ता
जन्म दर्ता गर्न केही समय अगाडी वडामा वच्चाकी आमा मिलता दमाई पुग्नु भयो । तर बच्चाको जन्म दर्ता गराउनका लागि न मिलता संग आफ्नो नागरिक्ता थियो न त बच्चाको बुवाको । कसैको नागरिक्ता नभएकाले वडा सचिवले जन्मदर्ता गर्न मानेन ।
२०७९ साल फागुन २६ गते द्रोस्रो बिवाहवाट आनुनको जन्म भएकाले आनुनकी आमा मिलताले बच्चा बावुलाई बुझाई दिन वडामा निवेदन दिएको देखिन्छ । वडा अध्यक्ष नौलासिहं वुढाका अनुसार वच्चा सानै भएकाले आमावाट छुटाउन हामीले दिएनौ ।
छलफल चलिरहेका बेला बच्चाका बुवा प्रमाणित भएका निर्मु दमाईले आफ्नो बच्चा आफै राख्ने भन्दै जवजस्त तानेर लिए । हामीले निग्रानी मात्र गर्यौ । राम्रै लालन पालन भएको खवर थियो । तर एक दिन बच्चाको मावली तर्फका वाजेले वडा अध्यक्ष नौलासिहं वुढा समक्ष आफ्नो नातीलाई यातना दिएको खवर पुगाए ।
तत्काल वडा सदस्य बिष्णु दमाईलाई निर्मु दमाई (वच्चाको वुवा)लाई बोलाउन वडा अध्यक्षले पठाउनु भएको खवर छ । तर उनिहरु घरमा नभएको र तेतेरी भन्ने ठाउँमा वसाई सारेर गएको खवर पाएपछि त्यो त्यतीकै रोकियो । लगतै गाउँपालिकामा काम भएकाले आफु त्यहाँ ब्यस्त भए थप कुराकानी हुन नपाएको र असार ३१ गते राती वच्चाको मृत्यु भएको अध्यक्ष वुढाको भनाई छ ।





