दिपक सिंम्खाडा
कालीकोट असार २० गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिका जोड्ने कर्णाली नदी माथिको झुलङगे पुल दश महिना पुगि सक्दा पनि मर्मत हुन सकेन । गत बर्षको असोजमा आएको वाढीले बगाएको जितेगडा झुलङगे पुल मर्मत नहुदा बर्षातको उर्लिदो भेलमा नागरिक जोखिम मोलेर आउजाउ गरिरहेका छन ।
पुल वाढीले बगाएको एक हप्ता दश दिन पछि कार्तिक ४ गते पुल मर्मतका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको बिपद ब्यवस्थापन समितिको वैठकले सिफारिस गरेको थियो । तर असोज यता दश महिना बितेका छन भने मंसिरमा सम्पन्न संघ तथा प्रदेश सभा निर्वाचनका बेला राजनिति दलको चुनावी एजेण्डा बनेको जिते पुल जस्ताको तस्तै छ । स्थानीयले भर्याङ्ग बनाएर आउजाउ सहज बनाएपनि बर्षात सुरु भएसंगै कर्णालीमा पानीको बहाफ वढेका कारणले जोखिम वढेको छ ।

अस्थाई पुल निमार्णकर्ता भन्यका खाँडाचक्र नगरपालिका वडा नं २ पोरीपाल्नीका कमल मल्लले सरकारले ध्यान नदिएका कारणले जितेपुल बाट आउजाउ गर्ने नागरिक खतरामा रहेको बताउनुभयो । नदी दुई ठाउँमा बिभाजन भएको छ । पुलमा चढ्नका लागि बनाएको भर्याङ्ग बिचैमा छ भने यता र उता गरी नदी दुई ठाउँमा बिभाजन भएको छ । यता लगाएको काठको सानो साँघु नदीले बगाईसकेको छ । तर पनि स्थानीय पुलको लठ्ठा समात्ने र आधा बाँकी रहेको पुल सम्म गएर आउजाउ गरिरहेका छन ।
पुलको लठ्ठावाट हात फुत्केको खण्डमा नदीमा झरेको खण्डमा बटुवाको ज्यान जाने खतरा छ । यतीका महिना सम्म पुल मर्मत नगरेको प्रति कालीकोटका वाट प्रतिनिधित्व गर्ने सासदहरु प्रनि नागरिक निकै आक्रोषित छन । प्रदेश सभा ख का प्रत्यासी लक्ष्मणवहादुर बमले जोखिम पुलको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गदै सरकारलाई यो जोखिम हेरिदिन र नागरिकको आवाज सुनिदिन आग्रह गर्नुभएको छ । यस्तै जिते पुलको जोखिम मोलेर आउजाउ गर्ने जतिले समाजिक सञ्जाल मार्फत सरकारको ध्यानाक्रषण गरे पनि अझै पुल मर्मत भएको छैन । कर्णाली र तिला नदीको दोभान क्षेत्र भएकाले पानीको वहाफ पनि निकै वढेको छ ।
पुल निमार्ण गर्न अनेरास्वबियुको ध्यानाक्रषण

जितेको जिर्ण पुल मर्मत वा पुर्नर निमार्ण गर्न एमाले निकट अनेरास्वियुले सरकारको ध्यानाक्रषण गराएको छ । अनेरास्वबियुका केन्द्रीय सदस्य जलसा वुढा, जिल्ला अध्यक्ष धर्मवहादुर शाही लगाएतको टोलीले कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिहं माझि मार्फत कर्णाली प्रदेश र संघिय सरकारको ध्यानक्रषण गराएका हुन । ज्ञापन पत्र वुझाउदै अनेरास्वबियुले नागरिकको जिवन रक्षाका प्रदेश तथा संघ सरकारले ध्यान नदिएको भन्दै समयमा पुल वनाउन दवाफ दिएका हुन ।





