कालीकोटमा पनि योगा सुरु

कालीकोटमा पनि योगा सुरु

कालीकोट समाचारदाता
कालीकोट असार ६ गते । स्वस्थ शरिर र रोग संग लढ्ने क्षमताको बिकास गराउने योगा प्रति नागरिक आक्रषित हुन थालेका छन । आज राष्ट्यि योग दिबसको अवसरमा आयोजित एक कार्यक्रममा कालीकोटका प्राय सबै सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिकले योग अभ्यास गरेका छन ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले दिवसका अवसरमा आयोजना गरेको योग कक्षामा सहभागीहरुले आज सिकेका नियमले सधै योग गर्ने अबसर पाउने प्रतिक्रिया दिएका छन । खाँडाचक्र नगरपालिका वडा नं १ का कटक वहादुर शाहीले योग गर्ने तरिका जानकारी भएकाले घरमै भएपनि योगालाई आफुले निरन्तरता दिने बताउनुभयो । बिहान ६ः३० वजे बाट सुरु भएको योग १० बजे सम्म चलेको थियो । योगका सबै प्रक्रियाका वारेमा जानकारी दिएपछि धेरै जसोले योगलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन ।
आयोजक प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले केही तरिका पहिला सिकेको र केही आजको दिवस बिषेश कार्यक्रममा नियमका वारेमा जानकारी भएकाले अब सधै योग गर्न सहज हुने बताउनुभयो । योग, ध्यान र ब्यायामले मानिसको मन सफा, शरिर स्वस्थ र निरोगी बनाई स्वस्थ जिवनयापनमा सहयोग पुर्याउने भएकाले सबै घरमा योगको अभ्यास हुन जरुरी रहेको बताउनुभयो । आफुले सामान्य निमय पुरा गरेपनि आजबाट सबै नियमका वारेमा जानकारी भएको प्रजिअ माझिले सुनाउनुभयो ।
योगमा सहभागी खाँडाचक्र नगरपालिका पुर्वउपप्रमुख तथा महिला नेतृ बिजया बिष्टले घरमै योग गर्दा पनि स्वस्थ भईने अनुभुती सुनाउनुभयो । टेलिभिजनवाट आफुले योगका वारेमा जानकारी पाएको भन्दै आफुले घरमै बसेर योग गर्ने गरेका कारणले आज दिवस बिषेश योग शिबिरमा सहभागी भएको बताउनुभयो । आजवाट कालीकोटमा योग समिति समेत गठन गर्ने प्रक्रियाको थालनी भएको छ । पुर्व जिल्ला बिकास समितिका सभापति कटकवहादुर शाहीले योग समिति बनाएर जिल्लामा योग कक्षा सञ्चालन गरिने बताउनुभयो ।  तस्विर प्रेमराज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित