प्रेमराज सिम्खडा
कालीकोट जेठ २१ गते । कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मिनवहादुर बिष्टले स्थाई अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको पाईएको छ । कर्मचारी समायोजनका बेला शान्नीबिवेणी गाउँपालिका रोजेर सबै भन्दा पहिला आएका स्थाई अनमी निलम कुमारी सज्याललाई फाजिलमा राखेर आफ्नो कान्छी श्रीमती भावना कुमारी थापालाई अनमी दरवन्दी भएको रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको रहस्य खुलेको हो ।
२०७५ साल यता रकु स्वास्थ्य चौकी दरवन्दीमा कार्यरत अनमी निलम कुमारी सज्यालको ठाउँमा आफ्नो कान्छी श्रीमती थापालाई कामकाज गर्न लगाएपछि उक्त रहस्य वाहिर आएको हो । स्थानीय राजेन्द्र सुवेदीले शाखा प्रमुख बिष्टले आफ्नो हात जगनाथ गरेर नियम बिपरित स्वास्थ्य चौकी प्रमुख दिर्ग वहादुर नेपालीसंग मिलेर रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको पत्र लेखाएर आफ्नो श्रीमतीलाई दरवन्दीमा पदस्थापन गराएको बताउनुभयो । बिष्टकी श्रीमती थापा पनि स्थाई हुन । तर दरवन्दी नभएकाले फाजिलमा सामुदायिक स्वास्थ्य इकाईमा काम गदै आएकी थिईन ।
मिति २०७८ साल बैशाख २३ गते पत्र लेख्दै रकु स्वास्थ्य चौकी प्रमुख दिर्गवहादुर नेपालीले बैशाख २२ गते गाउँ कार्यपालिकाको निर्णय अनुसार भन्दै रकु स्वास्थ्यचौकीमा रिक्त रहेको अनमी पदमा पदस्थापन गरिएकाले निज मिति २०७८ बैशाख २३ गते वाट हाजिर भई कामकाज गर्नु भनिएको छ । तर अनमी सज्याल याे समयमा स्वास्थ्य चाैकी रुकुमा कार्यरत रहेकाे हाजिर रजिष्टरले पनि पुष्टी गरेकाे छ । उक्त पत्र स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवा बिभाग टेकु, राष्ट्यि निजामती किताब खाना हरिहर भवन ललितपुर, कर्मचारी सन्चय कोष, नागरिक लगानीकोष शान्नीत्रिवेणी गाउँपालिका आर्थिक तथा प्रशासन शाखा लगाएतमा वोधार्थ पठाईएको छ । तर त्यस उता स्थाई अनमी सज्याल कामकाज गदै आउनुभएको थियो ।
उक्त पत्रमा भावना कुमारी थापाको कर्मचारी संकेत नम्वर केही पनि उल्लेख छैन । भावनाका श्रीमान अर्थात स्वास्थ्य शाखा प्रमुख मिनवहादुर बिष्ट सम्पर्कमा नआएका कारणले थप घटनावारे जानकारी लिन भने सकिएको छैन । गाउँपालिका अध्यक्ष मोहन वहादुर केसीले नयाँ ठाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्नु पर्ने भएकाले वडा नं ६ को पोरीवन क्षेत्रमा निमल सज्याललाई सरुवा गरिएको बताउनुभयो । अध्यक्ष केसीले अरु कुनै कारण होइन । तलव खुवाउने गाउँपालिकाले भएकाले कुनै संङका नगर्न आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले फाजिलका कर्मचारीलाई तलव भत्ता नपठाएका कारणले श्रीमतीलाई हतार गरेर दरवन्दीमा पठाएको र दरवन्दीमा काम गरिरहेकी अनुमीलाई फाजिलमा पठाउने षडेयन्त्रपुर्वक भईरहेको भन्दै अनमी सज्यालले आफु अदालत जाने बताउनुभएको छ ।





