औलो नियन्त्रण अभियानमा स्वास्थ्यक्रर्मी

औलो नियन्त्रण अभियानमा स्वास्थ्यक्रर्मी

प्रेमराज सिम्खडा
कालीकोट जेठ १८ गते । कालीकोट जिल्लामा कालाजार रोग निवारणका लागि गाउँमा स्वास्थ्यक्रर्मी परिचालन भएका छन । पछिल्लो समयमा कालीकोटका पलाँता, पचालझरना गाउँपालिका, खाँडाचक्र नगरपालिकामा कालाजारका बिरामी फेला पर्न थालेपछि रोग सार्ने भुसुना, मछेडलाई मार्नका लागि गाउँमा स्वास्थ्यक्रर्मी परिचालन गरेर किटनासक (बिषधी) औषधी छर्किन सुरु भएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका सिनियर अहेब अधिकृत हेमराज बमले प्रभावित क्षेत्रका स्वास्थ्यक्रर्मीलाई तालिम प्रदान गर्ने र गाउँमै पुगेर औषधी छर्किने काम भईरहेको बताउनुभयो । गर्मि हुने क्षेत्रमा यसको वढि प्रभाव रहने भएकाले बस्तीमै पुगेर सरसफाईका लागि पनि सचेतना फैलाउने र घर, आगान तिर औषधी छर्केर सुरक्षित गराउने काम भईरहेको बताउनुभयो ।
पहिलो चरणमा खाँडाचक्र नगरपालिका वडा नं २, वडा नं १ को तल्लो दलित बस्ती र त्यस लगतै पचालझरना गाउँपालिका अन्तरगर्तका वडा नं ४, ६, ८ र ९ का बस्तीमा अभियान थालिएको बताउनुभयो । जहाँ परिक्षणको क्रममा बिरामी भेटिएका थिए । उक्त क्षेत्रलाई वढी केन्द्रीत गरेको बमको भनाई छ । खाँडाचक्र मलेरियाको वढि प्रभावित क्षेत्र हो भने पचालझरना कालाजारको वढि क्षेत्र हो । गत वर्षको २८ जना बिरामीमा १४ जना बिरामी पचालझरनामा देखा परेका थिए । कालीकोटमा कालाजार यो वर्ष १७ जना छन भने मलेरियाका दुई जना नयाँ बिरामी देखिएका छन ।
जलवायुको असरका कारणले समयमा पानी नपर्ने भएकाले बिभिन्न संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा कार्यालय कालीकोटले स्वास्थ्य सचेतीकरणका कार्यक्रमलाई बिषेश जोड दिएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका ब्यवस्थापन डाक्टर संकेत बिश्वक्रर्माले यो समयमा बिषेश गरेर जनघात्व धेरै भएका गाउँ टोल र फोहोर मैला भएका बस्तीमा सरसफाईको अभियान चलाउनु पर्ने भएकाले स्वास्थ्यक्रर्मी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले यो राष्ट्यि कार्यक्रम पनि हो । गर्मि मौसममा कालाजार, मलेरिया अर्थात औलो रोग निधानका लागि किटनासक औषधी र सरसफाई अनिवार्य रहेको सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित