स्वास्थ्य मन्त्रालयको प्राङ्गणमै आन्दोलनमा सहभागी हुन सार्वजनिक अपिल

स्वास्थ्य मन्त्रालयको प्राङ्गणमै आन्दोलनमा सहभागी हुन सार्वजनिक अपिल

 

प्रेमराज सिम्खडा

कालीकाेट जेठ १५ गते ।  गएको ११ महिना देखि तलव भत्ता नपाएका कालीकोट रास्कोट नगरपालिकामा कार्यरत १५ जना स्थाई स्वास्थ्य सेवाका कर्मचारीले आन्दोलनलाई थप पेचिलो बनाउने भएका छन । अहिले नगरपालिका परिसरमा धर्नामा बसेका कर्मचारीको आवाज कुनै पनि सरकारले नसुनेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै गएर धर्नामा बस्ने योजनामा छन । आन्दोलनरत सिनियर अहेव शंकरप्रसाद वरालले देशै भरका पिडित कर्मचारीहरु काठमाण्डौमा जम्मा हुन र तलव भत्ता दिलाउने अन्दोलनमा सहभागी हुन सार्वजनिक अपिल गर्नुभएको छ ।
हाल कार्यरत सयौं स्थायी स्वास्थ्यकर्मीहरुको तलब भत्तामा समस्या हुनुको मुख्य कारण भनेको स्वास्थ्य मन्त्रालय भएको र उसले आधारभुत स्वास्थ्य सेवा केन्द्र र आधारभुत अस्पतालमा दरबन्दी सिर्जना नगरेर ,आर्थिक दायित्व लिन नमानेर यो परिस्थिति उत्पन्न भएको कर्मचारीको बुझाई छ । यदि यो समस्याको हल स्वास्थ्य मन्त्रालयले गर्ने हो भने हजारौंको संख्यामा नयाँ दरबन्दी थपिने छन । हाल कार्यरत सयौं स्वास्थ्यकर्मीहरु र लोकसेवा तयारी गरेर बसेका हजारौं स्वास्थ्यकर्मीहरु (पारामेडेक्स तथा नर्सिङ) बिद्यार्थीहरुलाइ पनि न्याय मिल्नेछ ।
हाल साविककै दरबन्दी अनुसार लोकसेवा खुल्छ । त्यस अनुसार धेरै दरबन्दी नै छैन । लोकसेवा तयारी गर्नेहरु हजारौंको संख्यामा छन । विज्ञापन हुन्छ देशै भरी गरेर बढीमा १०० जना । अनि बेकार भएन सिट कम भएपछि जतिसुकै व्यापक तरिकाले तयारी गरेपनी कसरी नाम निस्किन्छ त? यहि कारणले  हतोसाहित भएर धेरैले आफ्नो क्षेत्र परिवर्तन गरेको छन । केही ,बिदेश पलायन भएको हामिले देखिरहेका छौ । यसको समाधान भनेको नै नयाँ दरबन्दी सिर्जना गर्नु हो सिनियर अहेव वरालले भन्नुभयो । रास्कोट नगरपालिकाको कुरा गर्दा २०७४ अर्थात् स्थानिय तहको चुनाव अगाडी ३ वटा मात्र स्वास्थ्य चौकी थिए । हाल नगर अस्पताल सहित १२ वटा सरकारी स्वास्थ्य संस्था छन । दरबन्दी छ साविकको तीन वटा स्वास्थ्य चौकीको मात्र । यहीँ समस्या ७५३ ओटै स्थानीय तहमा छ । त्यसैले स्वास्थ्य सेवाका धेरै कर्मचारी फाजिलको लिस्टमा रहेको पाईएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनको नयाँ दरबन्दी सिर्जना गरि लोकसेवा प्रक्रियामा गइ हाल लगभग सबै पालिकामा २०–२५ जना जति नयाँ स्थायी कर्मचारी स्थानीय तहमा अर्थात् प्रत्येक वडामा र पालिकामा कार्यरत छन् । त्यसैगरी कृषि तथा पशुपंछी मन्त्रालयले ,भौतिक पुर्वाधार मन्त्रालयले, महिला तथा बालबालिका मन्त्रालयले नयाँ दरबन्दी सिर्जना गरि लोकसेवा प्रक्रियामा गइ हाल लगभग सबै पालिकामा १५–२० जना जति नयाँ स्थायी कर्मचारी स्थानीय तहमा अर्थात प्रत्येक वडामा र पालिकामा कार्यरत छन उनिहरुको ब्यवस्थापनका लागि पनि दवाफ दिन मन्त्रालय घोराउ आन्दोलन आवस्यक रहेको पिडित कर्मचारीको छ । स्वास्थ्य मन्त्रालय हाल सम्म के हेरेर बसेको? दरबन्दी सिर्जना गर्नु पर्दैन? अनि आफ्ना कति कर्मचारीले दुख पाईरहेका छन । त्यसको लेखाजोखा गर्नु पर्ने मन्त्रालयको कर्तब्य हो की होइन भनेर सर्वत्र प्रश्न उठिरहेका छन ।
नयाँ दरबन्दी सिर्जनाको लागि स्वास्थ्य मन्त्रालय मै गएर आन्दोलनको कार्यक्रमहरु तय गर्नु पर्ने देखिन्छ । हामिले नेतृत्व गर्छौ तपाईंहरुले साथ दिनुहोस् वरालले भन्नुभयो । न्याय सबैले पाउनेछौ । स्थानीय तहले अझ बढी जिम्मेवार भएर पहल गर्नेछ । जो जहाँ छौं त्यही बाट आवाज उठाउ,मन्त्रालयलाई दबाब दिउ । विशेष अनुरोध लोकसेवा तयारी गरेर उपत्यका क्षेत्रमा बसेका देशैभरका हजारौं बिद्यार्थी मन्त्रालय गएर दबाबमुलक आन्दोलनमा सहभागी भैदिन अपिल गर्दछौं भन्नु भएको । हामिले स्वास्थ्यका विभिन्न संगठनहरुलाइ पनि अनुरोध गर्नेछौं । एक किसिमको योजना बनाएर आन्दोलन गर्ने मिति तय गरौंला आन्दोलनरत कर्मचारी वरालले सामाजिक सञ्जाल मार्फत अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित