मुम्रामा उच्च रक्तचाप र मधुमेहकाे जाँच 

मुम्रामा उच्च रक्तचाप र मधुमेहकाे जाँच 

मुना हमाल ।
कालिकोट जेठ १३ गते । कालीकाेट जिल्लाकाे शान्नीत्रिवेणी गाउँपालिका वडा न‌ ७, ८ र ९ साविकाे मुम्रामा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा उच्चरक्तचाप र मधुमेह जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।

रेडक्रसद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजना अन्तरगत सान्नित्रिवेणी गाउँपालिकाकाको समन्वयमा शनिबार शिविरको आयोजना गरिएको हो । शिविरमा सामुदायिक अस्पताल रास्कोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर धनुमाया गुरुङको टोलिले सेवा दिएको थियो ।

परियोजनाका पालिका संयोजक श्याम गिरीका अनुसार गाउँपालिकाको वडा नं ७, ८ र ९ का ६० वर्ष माथिका १७० जना स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् । यस मध्य ३६ जना बिरामी उच्चरक्तचापका र ९ जना मधुमेहका बिरामी भेटिएको उहाँले जानकारी दिनुभयाे ।

उच्चरक्तचापका बिरामीलाई सात दिनसम्म नियमित जाँच गरी मात्र औषधि सञ्चालन गर्ने सल्लाह दिइएको गिरीकाे भनाइ छ । शिविरमा उच्चरक्तचाप र मधुमेह बाहेक दम, ग्यास्ट्रिक, पाठेघर, आँखा लगाएकाे समस्या देखिएको र जटिल समस्या देखिएका बिरामीलाई सामुदायिक अस्पताल रास्कोटमा रेफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित