कर्मचारीलाई तत्काल तलव दिन पेशागत संगठनको माग

कर्मचारीलाई तत्काल तलव दिन पेशागत संगठनको माग

प्रेमराज सिम्खडा
कालीकोट जेठ १२ गते । कर्मचारीको तलव भत्ता तत्काल दिन राष्ट्यि स्वास्थ्यक्रमी महाँसंघ कालीकोट र नेपाल निजामती कर्मचारी संगठन कालीकोट कार्यसमितिले प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको ध्यानाक्रषण गराएका छन । कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत १५ जना स्थाई स्वास्थ्यका कर्मचारीले बिगत ११ महिना देखि तलव भत्ता नपाएको प्रति ध्यानाक्रषण भएको भन्दै दुवै सगठनले तत्काल तलव उपलब्ध गराउन कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिँ मार्फत ज्ञापन पत्र पेश गरेका हुन ।
राष्ट्यि स्वास्थ्यक्रमी महाँसंघ कालीकोटका अध्यक्ष मिनवहादुर वुढा र नेपाल निजामती कर्मचारी संगठन कालीकोट कार्यसमितिका अध्यक्ष भक्तीप्रसाद पाण्डे द्धारा सयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा स्वास्थ्य सेवाको पहँुच जनता सम्म पुगाउने दाहित्व तिनै तहका सरकार रहेको भएपनि कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत १५ जना कर्मचारीलाई स्वास्थ्य सस्थाका बिभिन्न क्षेत्रमा काममा लगाएर तलव नदिएको प्रति जिल्लामा क्रियाशिल पेशागत ट्ेडयुनिय गम्वीर ध्यानाक्रषण भएको छ ।
स्थानिय निकायमा समेत सहमति लिएर मन्त्रालयले समायोजनमा पठाएका कर्मचारीका वारेमा अलिकति पनि चिन्ता नगर्ने तर काममा लगाउने नगर सरकारको चरित्रमा पनि शंका उतपन्न भएको ज्ञापनपत्रमा उल्लेख छ । नेपाल सरकारको लोकसेवाका सबै प्रक्रिया पुरा गरी आएका कर्मचारीको तलव भत्ता रोकिदा पनि चिन्ता नलिनु जस्तो गैरजिम्मेवार सरकार अन्त कतै खोज्न जानु नपर्ने हुदा तत्काल मन्त्रालयले आफैले तलव खुवाउने वा नगर सरकारलाई ब्यवस्थापनका लागि निर्देशन गर्ने त्यसको छिटो छिनोफानो गरि तलव बिहिन कर्मचारीलाई तत्काल तलव दिन उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी जेरासिह माझिँले कर्मचारी संगठनले दिएको ज्ञापन पत्र तत्काल मन्त्रालयमा पठाएको बताउनुभयो । उता तलव नपाएको भन्दै स्वास्थ्यका कर्मचारी अनिश्चित कालका लागि धर्नामा वसेका छन । पिडित कर्मचारीको तलव भत्ताका लागि सहजिकरण गर्नुको सट्टा नगर सरकारका प्रमुख उपप्रमुख नागरिकका गुनासा प्रति समाजिक सञ्जाल मार्फत जाई लाग्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित