प्रेमराज सिम्खडा
कालीकोट जेठ ७ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका प्राय सामुदायिक बिद्यालयमा बालमैत्रि धारा निमार्ण भएका छन । आधारभुत बिद्यालयमा अध्यानरत बिद्यार्थीले सहज पानी पिउन पाहुन भनेर बिद्यालय हातामा बालमैत्रि धारा निमार्ण भएर सञ्चालनमा आएका हुन । बिद्यालयमा अध्यानरत बिद्यार्थीको उमेरलाई ध्यानमा राखेर बिभिन्न आकारका धारा निमार्ण भएपछि बिद्यार्थीलाई पानी पिउन सहज भएको छ ।
तिलागुफा नगरपालिका वडा नं ८ मा रहेको हेर्नेमाढु आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमल चँदाराले किर्डाक नेपालले बिद्यालयमा खाने पानी पुगाएकाले बालवालिकालाई राहत भएको बताउनुभयो । दलित समुदायको बाहुल्याता रहेको उक्त बिद्यालयमा पढ्ने प्रया दलित समुदायका बालवालिका रहेका छन । हामीलाई दुई कोठाको पक्की भवन सहित खानेपानी सहयोग गरेको प्रति किर्डाक नेपाल सहयात्रा परियोजनालाई धन्यावाद दिनुभयो ।
सेभःद चिल्ड्ेनको आर्थिक सहयोगमा किर्डाक नेपालकाे सहयात्रा परियोजनाले तिलागुफा नगरपालिकाका भित्र मात्र २२ सामुदायिक बिद्यालयमा खानेपानी र सौचालय निमार्णमा सहयोग गरेको छ । परियोजना संयोजक कृपराज जैसिले सरदरमा ५५ लाख वजेट खर्च गरेर २२ सामुदायिक बिद्यालयमा वालमैत्रि धारा सहित खानेपानी र सौचालय निमार्णमा सहयोग गरेको बताउनुभयो । उहाँले बिद्यालयका भवन निमार्ण, अन्य शैक्षिक सहयोग र जोखिम बालवालिकाहरुको उद्धारमा भने छुट्टै बजेट खर्च भएको बताउनुभयो । अहिले कालीका माध्यमिक बिद्यालय राँचुली, हेर्नेमाढु आधारभुत बिद्यालय ओखरभिटा, कलास आधारभुत बिद्यालय छाप्रे, सत्यदेव आधारभुत बिद्यालय जुबिथा लगाएतका २२ बिद्यालयमा वालमैत्रि धारा सहितको पिउने पानी र सौचालय निमार्ण भएका छन ।
नगरका ३७ वटा बिद्यालयमा बिभिन्न शैक्षिक सहयोग पुगेको छ । नगरका शिक्षा शाखामा कार्यरत बिद्यालय श्रोत ब्यक्ति नविन हमालले गैरसरकारी सँस्था सेभःद चिल्ड्ेन किर्डाक सहयात्रा परियोजनाले नगरसरकारलाई राम्रो सहयोग गरिरहेको बताउनुभयो । उहाँले भएको श्रोतलाई जनशक्ती अभावले सहि ब्यवस्थान गर्न नसक्दा काम राम्रो नभईरहेका बेला गैससले आफ्नै श्रोत परिचालन गरेर नमुना योग्य काम गरेको प्रति खुसि ब्यक्त गर्नुभयो । सरकारलाई सहयो्ग भएको श्रोत ब्यक्ति हमालको भनाई छ ।
कालीका माध्यमिक बिद्यालय राँचुलीका प्रधानाध्यापक खगेन्द्रवहादुर शाहीले सहयोगी निकायको निश्चित समयको कार्यक्रम भएकाले सकिने बितिकै बिद्यालयका कक्षा कोठा ब्यवस्थापनमा समस्या उत्पन्न हुने बताउनुभयो । उहाँले आधारभुत बिद्यालयका कक्षा कोठामा चाहिने कार्पेट वा डेक्स बेञ्चका लागि पनि नगरपालिकालाई ठुलो आर्थिक भार पर्ने चिन्ता ब्यक्त गर्नुभयो । अहिले किर्डाक सहयात्रा परियोजनाले सहयोग गरेको छ । नगरपालिकाका उपप्रमुख महेन्द्रवहादुर शाहीले बिद्यालयको सरसफाई र अध्यानरत बिद्यार्थीको स्वास्थ्य उपचारमा स्वास्थ्य संग उपप्रमुख कार्यक्रमले सहयोग पुगाईरहेको बताउनुभयो । उहाँले बिद्यालयमा खानेपानी, सौचालय निमार्ण स साना बिद्यालयका भवन निमार्ण, कक्षा कोठामा कार्पेट, पि फम लगाएतको सहयोग गैसस किर्डाकले गरेको सुनाउनुभयो ।





