लक्ष्मणवहादुर बम
कालीकोट बैशाख १६ गते । कालीकोट पालाँताका लक्ष्मणवहादुर बमले सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकलम दाहाल प्रचण्ड पत्र लेख्दै देश परिर्तनका लागि वलिदान गर्नेको हकमा के सोच्नु भयो भनि प्रश्न गर्नुभएको छ । कमरेड प्रचण्ड ज्यु, नमस्कार अनि लाल अभिवादन, यो देशमा आमूल परिवर्तनको एजेन्डा बोकेर जनयुद्ध भएको भनिदै आएको थियो ।
त्यो एजेन्डा पिठ्युँमा बोकेर परिवर्तनको हुटहुटि भएका र मुक्ति के हो थाहा थिएन तर मुक्ति आउँछ रे भन्दै युद्ध मोर्चामा होमिदा राज्य कोसको क्षति र ठूलो मानवीय क्षति हुन पुग्यो । त्यो बाट सास फेर्न न अर्थतन्त्रले सक्यो न त त्यो बेलाका वलिदान गर्ने शहिद परिवार, घाईते अपाङ्ग र बेपत्ता परिवारले सकेका छन । तर त्यहि युद्धका कारण आज देशले राष्ट्रपति प्रर्णाली , प्रत्यक प्रदेशमा छुट्टै सरकार , एकद्वार प्रणाीलीको स्थानिय सरकार विभिन्न अधिकारको सुनिस्चितता लिपिबद्ध संविधानको ब्यवस्था भने गरेको छ यो ब्यबस्था ल्याउन सफल र योग्य साहसी त्यी नै हुन जो अहिले अयोग्य को नाममा दुई लाख चिया खर्च छुट्याईदैछ हिजो पनि नछुट्याएका हैनन चेक खोसेर कुन ठाउँमा राखेका छन पत्तो छैन ।
गोलि अहिले पनि सरिरमा भएका तिम्रो भासामा अयोग्य लडाकु खाडिमा छन । खाडि जान पनि यत्तिले पासपोर्ट बनाउनै पुग्दैन बाँकिलाई पठाउने योजना भएपनि तपाई नेतृत्वको सरकारको हिम्मत छैन नेपालमा रोजगार बनाउने । योजना छ सबै नेपाली युवालाई खाडी पठाउने । खाडी पठाउन पनि पुग्दैन । न दुई लाखले पासपोट बनाउन र बैदेशिक रोजगार कम्पन्नीका एजेन्टलाई दिन पुग्छ । अझै भन्दा पिर नमान्नु होला, तपाइका वरीपरी घुमिरहेकाहरु छुट्टै एजेन्ट छन । उनिहरुलाई दिन साहुको ऋीण निकाल्नु पर्ने होला ।
एक चोटि हिसाब गर्नु त तपाईको सवारीमा कति खर्च हुन्छ । त्यो नाथे दुई लाखले के हुन्छ, जग्गा किनौ भने दुई लाखले एक मिटर पनि आउदैन ब्यबसाय गरौ भने घुम्ति बनाउन पुग्दैन , पशु पालौ भने एक गतिलो गाई वा भैंसी पनि आउदैन खराया पालन गरौ भने पनि खोर बनाउन पुग्दैन आखिर के का लागि यो पैसा किन अयोग्य ? हिजो जनमुक्ति सेना आज लडाकु भए मलाई एउटा नराम्रो घटना याद छ पुर्ब जनमुक्ति सेना भ्रमणमा लिदा एउटा पत्रकारले पुर्ब लडाकु भनेर रिपोर्टिङ गर्दा अपमान भयो भनेर पत्रकारले झन्डै कुटाइ खानु परेको थियो । मलाई मिलाउन हम्मे हम्मे भएको थियो ।
आज तिम्रो यो सब्दले अनि सरकारि निर्णयले कति मन दुख्यो होला त्यो पजेरो चड्न सरकारि सुबिधाको ब्यबस्था गरिदिने उपदाधीवाला अयोग्य नामका तपाईंको भासाका लडाकुलाई । तपाइमा कुनै मानवियता छ भने अझै सच्याउनु होस् देशमा थुप्रै कलकारखाना बन्द भएका छन, पुन संचालनमा ल्याउनुहोस, दश बर्षे जनयुद्ध , उन्नाइस दिने जनआन्दोलन , विभिन्न मधेश आन्दोलन र प्रदेशिक आन्दोलनमा योगदान र बलिदान दिने परिवारलाई रोजगारी को ग्यारेन्टी गर्नु होस् । त्यहि भित्र आबासिय बिद्यालय संचालन गरेर बाल बच्चालाई पठन पाठनको ब्यबस्थापन गर्नुहोस् । पाठ्यक्रममा सोही उद्योग सम्बन्धि बिषय राखेर पछि रोजगारिको सुनिस्चित गर्नु होस् ।
हिजो ब्यवारिक शिक्षाको राप आलाप्ने तपाई र तपाईको निर्देशनमा चल्नेहरुलाई सिर ठाडो पारेर हिड्ने त वातावरण वनाउनुहोस । अनि बल्ल हिजोको सुप्रिमो हुनुहुन्छ नत्र अहिलेको जनताको भासामा तपाईं दलाल र धुर्तराजको रुपमा परिभाषित र परिचित हुनुहुन्छ । भोलि ईतिहास तपाईंको त्यहि नै हुने हो समयमा सच्चिनु होस् नेतृत्व अर्को पुस्ताले गरेपनि हुन्छ तर तपाईंको हिजोको जनता र लालसिपाईलाई देखाएको सपना पूरा भए अनि मात्र तपाई सुप्रीमो हो । तपाले हिजो पुरै परिवारलाई जनयुद्ध मा लगाउनु भयो तर तपाईंका अयोग्य नामका मात्र चार हजार दुई सय छन भने अरु सहिद, योग्य र कार्यकर्ता कति थिए होलान ।
त्यस भित्र तपाईंका परिवारकाले कति लाभका पद खाए प्रतिसतले हिसाब गर्नु होला नि एक चोटि । मैले सुनेको छु युद्धमा लडेकाको रेखदेख हिसाब कहिल्यै भएन हाम्रा जाँफे जन्मेका लडाकु अहिले ढुङ्गा बोकेर छोराछोरी पाल्दैछन अनि कसरी बन्छ तपाईंको पार्टी ठूलो म जस्ता सपना बोक्ने र बाँड्ने यहि कारण तपाईंका नेताले दिएका टिकट च्यातेर दलितको छोराको न्याय खोज्दै एमालेमा छिर्नु पर्यो । म जस्तै हजारौ कार्यकर्ता आज बिदेशमा भेडा चराउदै छन । हजुरको पार्टी सदस्यता त्यागेर अन्य रबि जस्तै बैकल्पिक शक्तिको पछि दौडिन मारामार छ । बैज्ञानिक पार्टी हैन हजुरको आजकाल के ल्याप टेस्ट गर्ने प्रयोगशालामा आगो लागेकै हो ? कहाँ हरायो क्रान्तिकारी भुमि सुधार ? कहाँ हरायो एक द्धार शैक्षिक प्राणालि ? कता छ बैज्ञानिक कृषि प्राणालि ? के हुदैछ औधोगिक नीति ? यस्ता प्रश्न गर्छन आजकाल गाउँमा नागरिकहरु, त्यो बेला हजुरका कार्यकर्तालाई छलछाम गर्दै दिन बिताउन परेको छ ।
हिजो भुमिगत स्थानिय कार्यकर्तालाई बसि खानु छैन आजकाल गाउँमा हिजो मागेको मौसमि , भोक छल्न खाएका रोटा , पार्टी चलाउन मागेको लजेस्टिक र आर्थिक चन्दा धेरैले भैंसी बेचेर तिरेका उदारण छन । त्यहि झोकले आज १८ सिटमा झारेका छन । चार बर्ष सम्म त यस्तै अरुलाई अयोग्य बिल्ला भिराउदै आफू अयोग्य भयौ भने त कोहि पार्टिमा बिलय हुनु सिबाय केही छैन ।
उप निर्बाचनमा ३ ठाउँमा मात्र पनि नपाएका उम्मेदवार २०८४ सालमा देश भर पाउने कुरै छैन । धरौटि जफत हुनलाई कस्ले उम्मेदवार दिन तयार हुन्छ र कम्रेड यो मलाई लागेको बिषय हैन देखे सुनेको र भोगेको बिषय भएको र पार्टी भन्दा जनतालाई बिकाश समृद्धि र मुक्ति नै भएकोले त्यो ठाउँमा हुदा नै गर्ने भएकोले अलि कुनामा रहेको आशा पोखेको हो । जनताको हित नै हाम्रो हित हो हाम्रो हित नै कम्युनिस्ट आन्दोलनको हित हो । यो मेरो सुझाब हो जो युद्धका लागि हाम्रो पसिना बगेको छ । यस्ता कुरामा सच्चिए अबस्य कम्युनिस्ट एकता मन्च बन्ने छ र देश क्रान्तिकारी मोड बाट अघि बढ्ने छ कम्युनिस्टको साम्यवादी गन्तव्य तय अबस्य हुने छ । धन्यवाद उही तपाईको भ्रममा परेकाे पुर्व कार्यकर्ता लक्ष्मणवहादुर बम कालीकोट ।





