पलाँतामा एमाले प्रति बिश्वास वढ्यो

पलाँतामा एमाले प्रति बिश्वास वढ्यो

कालीकोट समाचारदाता
कालीकोट बैशाख १५ गते । कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा एमाले प्रति नागरिकको बिश्वास वढेको पाईएको छ । दुई कार्याकाल पालिका सरकार माओवादीले चलाएको पलाँतामा पछिल्लो समय उनै माओवादीबाट बिद्रोह गरि एमाले प्रवेश गर्नेहरुकाे लस्कर लाग्ने गरेकाे छ ।
बर्तमान सरकारले जनअपेक्क्षा अनुसारको काम गर्न नसकेको र आफु मोटाउन मात्र थालेको भन्दै माओवादी बिद्रोह सुरु भएको बताईएको छ । नेकपा एमाले पलाँताले आयोजना गरेको गाउँ केन्द्रीत संगठन सुदृढीकरण अभियानमा माओवादी केन्द्रवाट बिद्रोह गरि एमाले प्रवेश गर्नेको लहर चलेको देखिएको छ ।
अनेरास्वबियुका केन्द्रीय सदस्य तथा कालीकोट इन्चार्ज जलसा वुढाले एमाले प्रति पलाँताका नागरिकको बिश्वास वढेको बताउनुभयो । हामीले जुन काम गरेका छौ । केन्द्र, प्रदेश र गाउँ स्तरमा एमाले नेता कार्यकर्ताको ब्यवहारवाट खुसि भएर समाहित हुनेहरुको लहर चलेको बताउनुभयो । नेतृ वुढाले आफुहरु पनि लामो समय माओवादी केन्द्रमा रहेर काम गर्दा नातावाद, अवसरवाद मौलाएको देखेर बस्न नसकेको सुनाउदै सहन नसक्ने इमान्दारहरुको पार्टी एमाले भएको उद्घोष गर्दा पलाँताका धेरैले माओवादीवाट बिद्रोह गरेर एमालेमा प्रवेश गरेको समाजिक सञ्जालमा मार्फत जानकारी दिनुभयो ।
गत स्थानीय चुनावमा माओवादी केन्द्रमा टिकेट वाँटफाटमा भएको बिभेद सहन नसकेर माओवादीका उच्च तहका नेता एमालेमा प्रवेश गरेका थिए । प्रथम गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य अनन्त बिश्वक्रर्मा, बिद्यार्थी नेता जलसा वुढाको बिद्रोहले एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ । गत महिना नेकपा एमाले केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियानमा एक सय भन्दा वढी माओवादी लगाएतका अन्य दलका कार्यकर्ताहरु एमालेमा सहमाहित भएका थिय ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य अनन्द बिकले आज खिनमा भएको कार्यक्रममा ४० जनाको हाराहारीमा एमाले प्रवेश गरेको बताउनुभयो । आफुले एमालेमा आउन आवहान गरे लगतै धेरै युवा एमालेमा समाहित भएको दावी गर्नुभयो । पलाँता गाउँपालिकाको खिनमा आयोजना गरिएको सभामा माओवादीवाट बिद्रोह गरेर एमाले प्रवेश गर्नेहरुको संख्या धेरै भएको र अन्य दलवाट पनि केही युवा समाहित भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित