प्रेमराज सिम्खडा । कालीकोट, चैत २८ गते । जिल्ला प्रहरी कार्यालय कालीकोटले महिला तथा बालवालिका माथि हुने हिन्सा न्यनिकरणका लागि अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटको माताहतमा रहेका प्रहरी चौकीका अधिकृत तथा महिला तथा बालवालिका शाखामा कार्यरत कर्मचारीलाई तालिम दिएर महिला र बालवालिका माथि हुने सबै खाले हिन्सा अन्तेका लागि गाउँ केन्द्रीत अभियान चलाउन थालेको हो ।
बालवालिकाको क्षेत्रमा लामो समय देखि काम गरिरहेका सेभःद चिल्ड्ेन, किर्डाक नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा दुई दिने तालिमको आयोजना गरि पिडित महिला र बालवालिकाको भित्री कुराको अध्यान तथा अनुसन्धान र मानोसमाजिक परामर्ष दिन सहज बनाउन खोजिएको छ ।जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख, प्रमुख जिल्ला अधिकारी जोरासिह माझिले सचेतीकरणको अभावले समाजमा विशेष गरि महिला माथि वढी नै अन्याय हुँदै आयको प्रति राज्य चनाखो भईरहेको र प्रहरी प्रशासनले पनि त्यसलाई गम्विरता पुर्वक लियको बताउनुभयो । प्रजिअ माझिँले पछिल्लो समय महिला हिन्साका घटनामा कमि हुँदै आयको र पुरै न्यनिकरणका लागि यो तालिमले थप सहयोग पुग्ने बताउनुभयो ।
प्रजिअ माझिँले पिडितको पक्षमा रहेर प्रतिवेदन तयार भएको खण्डमा मात्र न्याया पाउने भएकाले प्रहरी प्रतिबेदन पिडितको पक्षमा हुने गरी बनाउन सहयोग पुग्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले महिला र वालवािलकाको क्षेत्रमा पुरूस प्रहरी जति सक्षम भयपनि आन्तरिक कुरा खुल्न नसक्ने भन्दै महिला प्रहरी केन्द्रीत क्षमता अभिबृद्वी कार्यक्रम गरेर समुदायमा केन्द्रीत गरेको बताउनुभयो । सीप ज्ञान आफ्ना लागि भएको भन्दै गम्बीरता पुर्वक ध्यान दिन अनुरोध गर्नु भयो ।

किर्डाक नेपालका जिल्ला सयोजक तुलाराम पान्डेले महिला हिन्साका घटना कम गर्न प्रयाप्त क्षमताको अभाव हो कि भन्ने महसुस भएर तालिमको आयोजना गरेको बताउनुभयो । पत्रकार महासँघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले महिला शसक्तीकरणका साथै महिला माथि हुने हिन्सा न्युनिकरणका लागि प्रहरीलाई तालिम दिनु समयसान्धाभिक रहेको बताउनुभयो । जिल्लाको सुरक्षा ब्यबस्थापनमा दुर्गममा प्रहरी चौकि स्थापना गरेको योग्दान प्रति महासघ खुसि भएको सुनाउनु भयो । प्रहरी सग वालवालिका महिला निकै आसावादी रहेको र हिन्सा न्युनिकरणका लागि प्रहरीको भुमिका उल्लेखनिय रहेको सुनाउनुभयो ।
सेभ द चिल्डेनका कार्यक्रम सयोजक बाले बिश्वकर्माले सेभःद चिल्ड्रेन किर्डाक नेपालले महिला, वालबालिका बिरूद्व हुने हिन्सा बिरूद्वको अभियानमा हातेमालो गरिहेको बताउनुभयो । उहाँले सामाजिक अपराधलाई रोक्न सबै सग हातेमालो गरेर जिल्लामा वालमैत्रि सुरक्षा कक्ष, पुस्तकालय, प्रहरी बिधालयमा परिचालन लगायतका सचेतीकरणका कार्यकमले सकारात्मक भुमिका खेलेको र वालिकाहरूका वारेमा महिला प्रहरीको वढी भुमिका हुने हुदा महिला प्रहरी केन्द्रीत तालिमको आयोजना गरेको बताउनुभयो ।





