नेतृत्व बिकासका लागि युवासंग अन्तरक्रिया

नेतृत्व बिकासका लागि युवासंग अन्तरक्रिया

प्रेमराज सिम्खडा
कालीकोट, चैत १४ गते । सक्षम नेतृत्व बिकासका लागि युवाहरुलाई संरक्षण गर्नु अति आवस्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । बिश्वमा बढिरहेको जलवायु परिवर्तनको असर र युवालाई राजनिति क्षेत्रमा अन्धाधुन्ध परिचालन गर्दा सक्षम नेतृत्व बिकासमा असर पर्ने भन्दै युवाहरुलाई झण्डा बोकाउनु भन्दा जैबिक बिबिधताको संरक्षणमा लगाउन जोड दिएका हुन ।
जिल्ला समन्वयका समितिका प्रमुख धनजित शाहीले राजनिति अधिकारका लागि भन्दै युवालाई चुनाव र आन्दोलनसंग मात्र जोडेर हेर्दा आगामी नेतृत्व असक्षम हुने बताउनुभयो । हामी सबै राजनिति दलले युवाहरुलाई राजनिति अधिकार संगै उत्पादन र सेवामुलक क्षेत्रमा उर्जा खर्चिन लगाउनु पर्ने बताउनुभयो । आज मान्ममा आयोजित युवा लक्षित नेतृत्व बिकास र वातावरण संरक्षण बिषयक अन्तरक्रियामा बोल्दै प्रमुख शाहीले उक्त कुरा बताउनु भएको हो ।
युवा वातावरण संरक्षण, उद्यमशिल्ता र समृद्धीको सुनिश्चितता भन्ने मुल मर्मका साथ आयोजित अन्तरक्रियामा बोल्ने अधिकाँश वक्ताहरुले राजनिति दलले स्वार्थ अनुसार युवाहरुलाई परिचालन गर्दा समाजीक कामहरु उद्योगतीमा लागेका दाबी गरेका छन । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको उद्देश्य नै वातावरणको संरक्षण गर्ने र युवाहरुलाई प्रोप्तसाहित गर्ने भएकाले यसको लक्षय अनुसार युवा परिचालन हुन सक्नु पर्ने बताईएको छ ।
महावै गाउँपालिका अध्यक्ष खेमवहादुर सिहंले गलत अर्थात लढाई, झगडा र शक्ती पर्दशनका लागि मात्र युवाहरु संगठित गर्ने नेपाली राजनितिमा संस्कार बसेको स्वीकार गदौ यसलाई तोड्न र युवाहरुलाई उत्पादनसंग जोड्न सक्नु अहिलेको आवस्यक्ता रहेको सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले उहिले र अहिलेका युवामा धेरै फरक भएको भन्दै उर्जा शक्तीलाई संरक्षण गरेर आफु र समाजीक क्षेत्रको बिकासमा खर्चिन सक्नु नै सक्षम युवा नेतृत्वको भुमिका हुने बताउनुभयो ।
प्रहरी प्रमुख जयश्वर रिमालले मदिराको नसामा आँतक फैलाउने त्यो शक्तीलाई कृषिजन्य उत्पादनमा जोड्ने हो भने सक्षम र सवल युवा उद्यमीको उपाधी मिल्ने सुझाव दिनुभयो । हुम्ला, मुगु र कालीकाट जिल्लाका बिभिन्न युवा संघसंठन र कलबमा आबद्ध युवाहरुलाई भेला पारी आयोजना गरिएको अन्तरक्रियामा युवाहरुले आफुहरु नेताहरुको रक्षक जस्तै हुदा समाजमा युवा प्रतिको सामाजिक हेराई शंकास्पद भएको स्वीकार गरेका छन । युवा परिषदका सदस्य शन्तोष महतराले आस्थाकै आधारमा युवाहरु परिचालन हुदा उनिहरुलाई राजनिति आश्रय दिदा क्रमिक रुपमा गलत बाटो पच्छाईरहेको सुनाउनुभयो ।
आयोजक सस्था हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाहीले मुलुक वाहिरको लगानीले नेपालमा युवाहरुलाई सक्षम बनाउन खोजिरहेको भन्दै आस लाग्दा युवाहरुले स्थानीय तहमा नेतृत्व गरिरहेका क्षेत्रमा युवा लक्षित योजना ल्याउन आफुहरुले सहजिकरणको काम गरिरहेको सुनाउनुभयो । कार्यक्रमका वारेमा जानकारी दिदै कोषाध्यक्ष शाहीले जैविक विविधताको संरक्षण र सम्बद्र्धन संगै जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गराउने जिम्मा युवाहरुकै हातमा रहेको बताउनुभयो । हामी सडकमा धुवाधुलो बनाउन नजाने बितिकै धेरै हद सम्म वातावरण प्रदुशण कम हुने दाबी गर्नुभयो । कार्यक्रममा तीन जिल्लाका युवाका साथै सबै सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित