प्रेमराज सिम्खडा,
कालीकोट, फागुन २१ गते । आगामी चैत्र ३ गते सम्पन्न हुने सबै नेपाली बिद्यार्थीहरुको साझाँ सस्था स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कालीकोटका भुपेन्द्र बम भिड्ने भएका छन ।
मध्यपश्चिम बिश्व बिद्यायल केन्द्रीय क्याम्पसको सभापतिका लागि अखिल नेपाल राष्ट्यि स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी (अखिल क्रान्तिकारी)को तर्फबाट कालीकोट रास्कोट नगरपालिका वडा नं १ का बम लढ्ने भएका हुन । नेपालमा एकछत्र राज गरेको एमाले निकट अनेरास्वबियु र वलियो प्रतिस्पर्धी नेपाल बिद्यार्थी संघसंग प्रतिस्पर्धा गर्नका लागि अखिल क्रान्तिकारीले भुपेन्द्र बमको समुहलाई अघि सारेको छ ।
साविकको सिप्खाना गाउँविकास समिति वडा नं ४ हाल रास्कोट नगरपालिका वडा नं १ मा सामान्य परिवारमा जन्मीएका बमले केन्द्रीय क्याम्पसमा भिड्न पाउनु आफैमा गर्भको कुरा हो । संघर्षले सामान्य मान्छे पनि मुलुकको नेतृत्वमा पुग्छ भन्ने उदाहरण समेत बमले दिएका छन ।
अखिल क्रान्तिकारीले भुपेन्द्र बमलाई सभापतिमा अघि सारेसंगै आजै उम्मेदवारी दर्ता भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ममता अधिकारीले नेपाली क्रान्तिको उद्गम स्थलका रुपमा रहेको संघर्षको थलो कालीकोटवाट मध्यपश्चिमक बिद्यालय बिद्यालयको नेतृत्व लिने दावी गर्नुभयो । हामीले धेरै छलफल पछि सर्वसम्वत रुपमा भुपेन्द्रबमलाई सभापतिमा उम्मेदवारी बनाउने निर्णय गरेको भन्दै जित समेत पक्क भएको सुनाउनुभयो ।





