कालीकोट, फागुन २० गते । नेकपा एमाले फागुन पाँच गते यता गाउँ फर्किएको छ । नेकपा एमाले केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियान नाम दिएर गाउँमा आफ्नो संगठनलाई सुदृढ गर्ने योजना बनाएको छ । अभियानको दौरानमा केन्द्रका नेताहरुको कार्यक्षेत्र समेत तोकिएको छ ।
अन्तरजिल्ला कार्यक्षेत्र तोकेर नेकपा एमालेका नेताहरु मिसन ग्रासरुट अभियानमा केन्द्रीत भएका छन । स्थानीय प्रदेश, र संघिय चुनावको समिक्षा समेत मिसन ग्रासरुट अभियानमा हुने एमालेको योजना रहेको छ । बिभिन्न चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग गरेको सुचना पार्टी केन्द्रमा पुगेका कारणले एमाले केन्द्रले गाउँवाटै रिर्पोट बुझेर अन्तरघात गर्ने एमाले नेताहरु कार्वाहीको दायरामा ल्याउने जनाएको छ ।
मिसन ग्रासरुट अभियानका लागि कर्णाली प्रदेशको संयोजक रहनु भएका एमाले सचिव योगेश भट्राईले यो अभियानले संगठन सुदृढ संगै मतदातालाई धन्यावाद दिने बताउनुभयो । उहाँले निर्वाचनका बेलाका केही जिल्लामा पार्टीका जिम्मेवार नेताले समेत नातावादको आधारमा फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको गुनासोका वारेमा पनि स्थलगत रिर्पोटि लिने योजना एमालेको छ । नेकपा एमाले कालीकोटका उपाध्याक्ष दयाराम सिम्खडाले समिक्षाको बिषय हुने नै भयो, त्यो भन्दा पनि महत्वपुर्ण बिषय भनेको नागरिक अर्थात जनता र एमाले पार्टीको सम्वन्ध बिस्तार गर्ने मिसन ग्रासरुट अभियानका भएको बताउनुभयो ।
नेकपा एमाले कालीकोटका सचिव टेकवहादुर वुढाले संघ र प्रदेशको चुनाव भन्दा स्थानीय तहको चुनावमा धेरै ठाउँमा अन्तरघात भएकाले त्यसको सबै प्रमाण सहितको जानकारी पार्टी केन्द्रका नेताले आफै सङकलन गर्ने अवसर मिसन ग्रासरुट अभियानले दिएको बताउनुभयो । हामीले जिल्ला पार्टीको वैठकमा यसका बिषयमा छलफल चलाएका थियौँ । तर पार्टी केन्द्रमा पहुँच भएका नेताहरुलाई जिल्लाको समिक्षाले खासै असर परेन । पार्टी केन्द्रले पनि सङका गरेकाले यो अभियान चलाएको सचिव वुढाको भनाई छ । नेकपा एमाले पार्टीले सबै हिसावले जनतामा जाने कुरा चुनाव लगतै तय गरेको थियो । चुनावको बेला मात्र हुल उज्जत सहितका नेता कार्यकर्ता गाउँमा आउने अन्य समयमा अनुहार नदेखाउने जनताको गुनासो मेटाउने योजना पनि एमाले पार्टीको छ ।
अभियानमा रहनु भएका एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका सहइन्चार्ज बिष्णु रिजालले एमाले जनताको पार्टी हो र जनताकै बिचमा हुन्छ भनेर प्रमाणीत गर्ने मिसन ग्रासरुट अभियान भएको बताउनुभयो । उहाँले फरक फरक जिल्लामा कार्यक्षेत्र तोकिनुमा धेरै कारण रहेको बताउनुभयो । सहइन्चार्ज रिजालले पहिलो कुरा अन्तरजिल्लाका नेता कार्यकर्ता बिचको परिचय हुने, भोली जुन नेताले जहाँवाट चुनाव लड्दा पनि सहज हुने, दोस्रो कार्यकर्ताले जनताले आफैले चिनेको नेताका वारेमा उसैसंग गुनासो राख्न नसक्ने र उ नेताले आफ्नो वारेको गुनासो माथिल्लो कमिटिमा जानकारी नगराउने यस्ता धेरै कारणले पार्टीले नेताको होम सेन्टरलाई फेरवदल गरेको जानकारी गराउनुभयो । गाेरखापत्रवाट। प्रेमराज सिम्खडा





