वड्दो आगलागी,रोक्ने प्रयास कतै छैन

वड्दो आगलागी,रोक्ने प्रयास कतै छैन

प्रेमराज सिम्खडा
कालीकोट, फागुन १९ गते । कालीकोट जिल्लाका बिभिन्न सामुदायिक वनमा यतीवेला आगलागी भईरहेको छ । हिउँदको सुख्खा संगै खडेरीले समुदायिक वनको घाँस र स्याउलापात माथि अज्ञात ब्यक्तिहरुले आगो लगाउने गरेकाले वन क्षेत्र पुरै जलेर काला पहाड देखिन थालेका छन । सरकारी वनको संरक्षण त परैको कुरा स्थानीय नागरिक आफै सक्रिय भएर दर्ता भएका र चौकीदार राखिएका सामुदायिक वनमा समेत आगलागी भईरहेका छन ।
वन संरक्षणको वलियो निति र स्थानीय सरकारको उदासिन्ताले सामुदायिक वन तथा सरकारी वन छाडा हुदै गएका छन । रास्कोट नगरपालिका वडा नं ८ का सामाजिक अभियान्ता देवमनी धमालाले पहिलो कुरा नागरिक आफै वनसंरक्षणमा जानकार हुनु पर्ने र त्यो नभएको खण्डमा स्थानीय सरकारले जनचेतना फैलाय मात्र वनमा प्रत्येक हिउदमा हुने आगलागी रोक्न सकिने बताउनुभयो । उहाँले वनमा आगो लगाउनेलाई स्थानीय सरकारले नै प्रोत्साहन गरेकाले पनि घटना वढिरहेको दावी गर्नुभयो । हामी नाम भनौ भने हामी आफु समेत सुरक्षित नभएकाले भन्न सकिदैन ।
तर अपराधिको संरक्षण जहाँ सम्म सरकारमा वसेका केही जनप्रतिनिधिले गरिरहन्छन, त्यहाँ सम्म कुनै पनि वनले संरक्षण नपाउने धमालाको बुझाई छ । रास्कोटका मात्र यती बेला पाँच वटा सामुदायिक वनमा आगलागी भएको छ । आगलागीले गर्दा समग्र वातावरण प्रदुषण हुने त भयो नै, वनमा रहेका सबै वोट बिरुवा जलेर सुक्ने पनि पक्का छ । ठिगेल्ली देवि सामुदायिक वन रास्कोट २ का अध्यक्ष कविराज न्यौपानेले उपभोक्तामा समेत वनमा आगो लगाएपछि अर्को वर्षातमा बाक्लो घाँस फैलिने लोभ रहेकाले पनि वनलाई आगो बाट सुरक्षित बनाउन नसकेको बताउनुभयो । अध्यक्ष न्यौपानेले वनमा अघिल्लो सरकारका वडा अध्यक्ष दयाराम सिम्खाडाले गरेको सहयोगले वनभरी अलैची रोपेका थियौँ ।
तर केही छाडा पशुचौपाया र केही गत वर्षको माघमा वनमा अज्ञात ब्यक्तिले लगाएको आगोका कारणले पुरै नष्ट भएको सुनाउनुभयो । थोरै बचेका बिरुवाको संरक्षण गरेकाले फल दिन सुरु भएको न्यौपानेको भनाई छ । वन जोगाउदाका फाईदाका वारेमा नागरिकलाई तालिम दिन जरुरी छ । तर त्यस्तो तालिम न स्थानीय सरकारले दिन्छ, न त डिभिजन वन कार्यालयले नै दिन्छ, त्यसो भएकाले जिल्ला भरीका सबै वन असुरक्षित भएको उपभोक्ताहरुको भनाई छ । वनमा लागेको आगो नियन्त्रणका बिषयमा डिभिजन वन कार्यालय कालीकोटले पनि खासै चासो दिएको देखिदैन ।
डिभिजन वन कार्याल कालीकोटका सुचना अधिकारी प्रकाश देवकोटाले राष्ट्यि वनको हकमा डिभिजिन वन कार्यालयले अनसन्धान गर्ने र सामुदायिक वनको हकमा सामुदायिक वनको बिधानमा उनिहरुले नै कार्वाही गर्ने र नसकेको खण्डमा निवेदन आएमा डिभिजन वन कार्यालयले कार्वाही गर्ने ब्यवस्था रहेको बताउनुभयो । उहाँले वनको महत्व बुझेका क्षेत्रमा आगलागी रोकिएको र केही ठाउँमा भने आगलागी वढिरहेकाले कार्यालय प्रमुख आउने बितिकै केही कार्यक्रम तय गर्ने योजना रहेको सुनाउनुभयो । स्थानीय सरकार र सामुदायिक वनले पनि कुनै आगलागी नियन्त्रणको योजना नवनाउदा वर्षेनी यस्तै वन जलेर रुख बिरुवा सुक्दै जाने गरेका छन । गोरखापत्रवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित