कालीकोट फागुन ८ गते । पाँच वटा सरकारी कार्यालयका लागि निमार्ण भएका जिल्लाका दुई वटा एकिकृत सरकारी भवन लामो समय देखि खाली छन । २०७६ सालमा निमार्ण सकिएको भवनमा सर्ने तरखरमा रहेका सरकारी कार्यालय सबै अहिले सम्म भाडाका घरमा बसिरहेका छन । आफ्नो भवनमा सर्न नपाएका सरकारी कार्यालयले वार्षिक १२ लाख ७२ हजार ६३६ रुपियाँ भाडा तिदै आएका छन । भवनको निमार्ण सकिए लगतै बिश्वमा फैलिएको कोरोना सङ्क्रमणले गर्दा तत्काल क्वारेन्टाईन बनाईयो ।
त्यस पछि सुरुवा रोग अस्पतालको वोर्ड टासेपछि अन्य सरकारी कार्यालय भाडाको घरमा बस्न बाध्य भएका छन । एकिकृत भवन दुई वटा छन । जुन भवन पाँच÷पाँच तलाका छन । भवन जिल्ला निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला हुलाक कार्यलय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलय र जिल्ला प्राबिधिक कार्यालयका लागि निमार्ण भएका थिए । अहिले जिल्ला प्राबिधिक कार्यालय नभएकाले वाँकी चार वटा कार्यालयले भवन उपभोग गर्न पाउनु पर्ने हो ।
तर स्वास्थ्य सेवा कार्यालय कालीकोटले कोरोना पछि बिभिन्न वोर्ड राख्ने र कोरोना सङ्क्रमणका बेला खरिद तथा सहयोग वापत आएको समान राखेकाले भवन रिजबमा रहेको छ । चार सरकारी कार्यालय अहिले ब्यक्तिको घरमा भाडामा वसेका छन । जिल्ला निर्वाचन कार्यालय कालीकोटले मासिक २५ हजार ३३३ रुपियाँ भाडा तिदै आएको छ । कार्यालयका सुचना अधिकारी धनवहादुर मल्लले आफुले भवन निमार्णका बेला देखि सबै प्रगती रिर्पोट तयार गर्ने गरेपनि अन्तमा निमार्ण सकिदा भवन अरुलाई दिएकाले आफुहरु भाडाकै घरमा बस्न वाध्य भएको सुनाउनुभयो ।
निर्वाचन कार्यालय वार्षिक तीन लाख तीन हजार ९९६ रुपियाँ भाडा तिर्दै आएको छ । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयले मासिक ४४ हजार ७२० का दरले वार्षिक पाँच लाख ३६ हजार ६२० भाडा तिरिरहेको छ । उता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले मासिक ३६ हजारका दरले वार्षिक चार लाख ३२ हजार रकम भाडा वापत तिदै आएका छ । हुलाक कार्यालय भने आफ्नो पुरानो जिर्ण घरमा बस्ने भएकाले भाडा तिर्नु परेको छैन । हुलाक कार्यालयका प्रमुख टोपवहादुर शाहीले जोखिम मोलेर आफुहरु पुरानो भवनमा बसिरहेको गुनासो गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयको अधिकार हो । भवन खाली गराउने र तोकिएका कार्यालयलाई सर्न निर्देशन गर्ने प्रशासन कार्यालयले चासो नदिएको अन्य कार्यालयको गुनासो छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख, प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले भवनका वारेमा जानकारी लिन मातहतलाई सम्पर्क गर्ने र के कसरी अड्कीएको त्यसको खोजि तत्तकाल गर्ने बताउनुभयो । अहिले जुन प्रयोजनका लागि निमार्ण भएको भवन हो, त्यसका लागि प्रयोग नुहदा राज्यकोषको १२ लाख ७२ हजार ६३६ रुपियाँ वार्षिक खर्च भईरहेको छ भने भवन पनि प्रयोगमा खासै छैन ।
स्थानीय तहलाई दिने हो भने खाँडाचक्र नगरपालिकाको वार्षिक ५० लाख भाडा वापतको रकम बच्ने थियो । अहिले खाँडाचक्र नगरपालिकाले वार्षिक ५० लाख वढि भाडा तिदै आएको छ । उता स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख रत्नविर सुनारले चैत सम्म आफ्नो भवन तयार हुने भएकाले त्यसपछि खाली गरिदिने सोचमा रहेको बताउनुभयो । स्थानीयले भने स्वास्थ्य सेवा कार्यालयको समान एक तलामा राखेर अरु भवन दुवै भवन प्रयोगमा ल्याउन सकिने हुदा पनि सबै चुपचाप भएकाले कहि कसैको स्वार्थ रहेको आरोप लगाउने गरेका छन ।





