कालीकाेट माघ २२ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ४ का मंगलवहादुर शाहीको आईतवार निधन भएको छ । नेकपा एमाले कालीकोटका सँस्थापन नेता शाहीको क्यान्सर रोगका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
२०५० सालमा अनेरास्वबियु ताहचाल क्याम्पस प्रारम्भीक कमिटिका सदस्य शाहीको निधनले एमालेलाई निकै क्षती पुगेको उहाँका निकटवर्तीको भनाई छ । शाहीको पार्थिव शरिरमा नेकपा एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले पार्टीको झण्डा ओडाएर अन्तीम श्रदान्जली दिनु भएको थियो । शाहीको आईतवार नै हिन्दु संस्कार अनुसार अन्तीम दाससँस्कार गरिएको छ ।
एमाले पार्टीको सस्थापक सदस्य भएपनि शारिरिक अस्वस्तताका कारणले ग्रामिण क्षेत्रमै संगठित हुनु भएका नेता शाही रास्कोट नगरपालिका वडा नं ४ का वडा कमिटि सचिवको जिम्मेवारीमा रहनु भएको अनेरास्वीयु कालीकोटका सहइन्चार्ज गोकर्ण सज्यालले जानकारी दिनुभयो । सज्यालले गाउँमा एमालेको पक्षमा नागरिकलाई संगठित गर्न लागि पर्ने शाहीको निधनले एमालेका समर्थक सबै भन्दा वढि दुखि भएको सुनाउनुभयो ।





