कालीकोट समाचारदाता
कालीकोट पुस २४ गते । कालीकोटमा कुनै पनि दिन इन्टरनेट सेवा सहज चलेको छैन । सेवा सुरु भए यता प्राय इन्टरनेट सेवा ठप्प जस्तै छ । नेपाल टेलिकमवाट सञ्चालीत एडिएसेल सेवा लिएका इन्टरनेटका ग्राहकहरु बर्षोँ देखि मर्कामा छन । छिटफिट वाहेक अन्य समयमा नेटवर्क देखीएपनि काम भने पटकै गदैन । एडिएसेल सेवाका ग्राहक सबै भन्दा वढि मारमा छन ।
निजि इन्टरनेट प्रदायक सँस्था एभरेष्ट, वल्डीङ्गले भने राम्रो सेवा दिएको भन्दै त्यस तर्फ नागरिक आक्रषित हुन थालेका छन । नेपाल टेलिकमले दिने सेवा भन्दा मोवाईलमा पनि एनसेल कम्पनीको टाडा पनि राम्रो भएको भन्दै धेरै जसो एनसेलको सिप प्रयोग गरिरहेका छन । इन्टरनेट सेवाका लागि पनि नेपाल टेलिकम सेवा छोड्दै निजि कम्पनी तर्फ सर्न थालेका छन । नेपाल दुरसञ्चार प्राधिकरणले सरकारी स्वमित्व भएको नेपाल टेलिकमलाई भन्दा निजि कम्पनीलाई वढि प्राथमिक्ता दिएका कारणले नेपाल टेलिकमको इन्टरनेट सेवा कम्जोर भएको बताईएको छ ।
एक टेलिकमका कर्मचारीले सरकारी सेयर भएको नेपाल टेलिकमबाट तलव वाहेक अरु केही पनि सेवासुबिधा नभएकाले दुरसञ्चार प्राधिकरणले निजि कम्पनीलाई बलियो नेटवर्क सञ्चालनको अधिकार दिएर कमिसन लिने गरेको बताउनुभयो । उहाँले ८० प्रतिसत सरकारी सेयर भएको टेलिकम आफ्नै सिस्टमले चल्ने भएकाले अहिले सम्म जिवित रहेको बताउनुभयो । एक सयको रिचार्ज ग्राहकले हालेमा त्यो सिस्टममा जम्मा हुने हुदा टेलिकम अहिले सम्म चलेको छ, टेलिकममा कुनै कमिसन छैन । सरकारले आफ्नो सेयर वापतको रुपियाँ पहिला नै असुल गर्ने भएकाले दुरसञ्चार प्राधिकरणले थप सेवा बिस्तार गर्न नचाहेको सुनाउनुभयो ।
टेलिकमको सेवा कम्जोर भएकै कारणले १५ हजार शुल्क तिरेर वल्डीङ्गको इन्टरनेट राख्नेहरुको सख्या वढिरहेको छ । मान्ममा रेडियो मालिका, रेडियो साँझाँ आवाज, रेडियो नेपाली आवाज लगाएतका सञ्चार सँस्थाले टेलिकमको सेवावाट लाभ लिन नसकेको भन्दै निजि कम्पनीको इन्टरनेट जडान गरेका छन । जिल्लाका गैरसरकारी सँस्थाहरुले पनि समयमा रिर्पोट गर्न नपाइने भन्दै एनसेलको टाडा लिने, निजि कम्पनीको इन्टरनेट राख्ने काम गरिरहेका छन । किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले नेपाल टेलिकमको इन्टरनेट सेवाले कामै नगर्ने भएकाले वाध्य भएर अरु नेटवर्क जडान गर्नु परेको बताउनुभयो ।
सरकारको स्वमित्वमा रहेको निकायलाई सरकारले निग्रानीमा राख्ने र उता निजि कम्पनीको अधिकार उनिहरु आफैमा भएकाले पनि लेनदेन गर्न सजिलो हुने हुदा प्राधिकरण पनि त्यता प्रति वढि लचक हुने गरेको ति कर्मचारीको भनाई छ । नेपाल टेलिकम कालीकोट शाखा प्रमुख प्रेमवहादुर बिष्टले भने कमिसनको कुरा त आफुले भन्न नसक्ने भन्दै सरकारी स्वामित्वको कम्पनीको काम झनझटीलो वोलपत्र आवाहान गर्नु पर्ने भएकाले सेवा बिस्तारमा समस्या हुने गरेको बताउनुभयो । उहाँले एक सप्टोयरका लागि टिपणी उठाउदै एक वर्ष लाग्ने हुदा टेलिकम अरु निजि कम्पनी भन्दा कम्जोर भएको सुनाउनुभयो ।
अरुले राती नै कर्मचारी खटाउन सक्छन, उनिहरुले फिल्ड भत्ता देखि थप सेवा आफैले भुक्तानी गर्ने हो । नेपाल टेलिकमले प्राबिधिक खटाएको पहिला अनुमति लिनु पर्ने हुदा खटनपटनमै समस्या हुदा नेपाल टेलिकमको सेवा कम्जोर हुदै गएको सुनाउनुभयो । प्रमुख बिष्टले प्राधिकरण कमिसनमा छ भनेर त भन्न सक्नु भएन तर उहाँले पनि जहाँ छिटो सेवा सञ्चालन हुन्छ त्यहाँ सबैको ध्यान जाने कुरा स्वभाविक भएको भने स्वीकार गर्नुभयो । नेपाल टेलिकमको सेवालाई बलियो बनाउन सरकारले दुरसञ्चार प्राधिकरणलाई निग्रानीमा राख्नु पर्ने सर्वत्र आवाज छ । गाेरखापत्रवाट ।





