राष्टगुरु योगीको गाउँमा राष्ट्रिय झण्डा

राष्टगुरु योगीको गाउँमा राष्ट्रिय झण्डा

कालीकोट पुस १५ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ९ लालुको बिच गाउँमा राष्ट्रिय झण्डा राखिएको छ । गाउँको बिचमा रहेको बड्डाढुङगा शिव मन्दिरमा राष्ट्रिय झण्डा राखिएको हो । नहरीनाथ गाउँपालिका राष्टगुरु नरहरीनाथ योगीको नाममा राखिएको हो भने वडा नं ९ गुरु योगी जन्मेको वडा समेत हो ।
राष्टगुरु जम्मेको गाउँ चिनाउनका लागि राष्ट्यि झण्डा राखिएको हो । झण्डा ३० फिट अग्लो र ८ फिट चौडा रहेको छ । नरहरिनाथ गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहराले राष्टप्रति माया वढाउन गाउँको बिचै भागमा पुरै राष्ट्रिय झण्डा राखिएको बताउनुभयो । अध्यक्ष वोहोराले राष्ट्रिय झण्डा स्थापना गर्न अभियान्ता दान बहादुर बोहराको निवेदन परेपछि राखिएको बताउनुभयो । गाउँपालिकाको सल्लाहमा वोहोरा नेतृत्वको अभियानलाई साथ दिन झण्डा आफुले राखेको सुनाउनुभयो ।
नरहरिनाथ गाउँपालिका ९ लालुको बिचमा रहेको अग्लो ढुङगामाथी शिव मन्दिर रहेको र त्यसैमाथी राष्ट्रिय झण्डा राखेर गाउँको शोभा बढ्नुका साथै राष्ट्र र राष्ट्रियता प्रतिको प्रेम सबैमा झल्कीयोस भनेर झण्डा राखिएको बताइएको छ । अभियान्ता दान बहादुर बोहाराले पर्यटन प्रबर्द्धन र स्थानिय ठाउँलाई देश तथा बिदेशमा चिनाउन यो अभियान थालेको र यसलाई गाउँपालिका तथा वडा पालिकाले अनुमती दिएपछि आफुलाई खुसि लागेको बताउनुभयो । अभियान्ता बोहरालाई वडा अध्यक्ष मार्फत राष्टप्रतिको माया अरु नागरिकलाई जोगाउन अभियान थालेको भन्दै सम्मान पत्र प्रदान गरिएको छ ।
गाउँपालिका प्रवक्ता समेत रहनु भएका वडा नं ९ का अध्यक्ष प्रदिप बोहराले यस्तै सामाजिक कार्य गर्ने सबै अभियान्तालाई स्थानिय तहले सम्मान गर्ने, सामाजिक क्रियाकलापमा सहभागी गराउने र हौसला प्रदान गर्दै जाने बताउनुभयो । प्रवक्ता वोहोराले देश प्रति सबै नागरिकले माया गर्न सिक्नु पर्ने बताउनुभयो । यसरी सबैले देशको माया गरेमा परिवर्तन खासै टाडा नभएको सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित