कालीकोट मङ्सिर २० गते । कालीकोटको जिल्लाको तिलागुफा नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्यानरत छात्रालाई सेनिटरी प्याड दिन थालेपछि बिद्यालयमा नियमिता बढेको छ । सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्त्रगर्त शर्सत कार्यक्रमका रुपमा प्राप्त वजेटलाई तिलागुफा नगरपालिकाले सहि सदुपयोग गर्न थालेपछि छात्राको बिद्यालयमा नियमिता बढेको हो ।
सुरुका वर्षमा स्वास्थ्य शाखालाई जिम्मा दिने र औषधी संगै प्याड खरिद गर्दा खासै प्रभावकारी नदे्खिएको यो कार्यक्रम पछिल्लो समयमा भने प्रभावकारी बन्दै गएको छ । नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले नगरपालिका भित्रका ११ वटा माध्यमिक बिद्यालयलाई निःशुल्क सेनिटरी प्याड बितरण गर्न थालेपछि बिद्यालयमा छात्रा नियमित हुन थालेको बताउनुभयो । उहाँले सेनिटरी प्याडको अभाव र महिनावारी हुदा सरसफाई गर्ने ब्यवस्थानको कमिले महिनावारीका बेला बिद्यालय नआउने समस्या समाधानका लागि सबै बिद्यालयका महिला शिक्षकलाई जिम्मेवारी दिएपछि छात्रा नियमित हुन थालेको सुनाउनुभयो ।
सरकारले यो कार्यक्रम बिगत तीन वर्ष देखि सञ्चालनमा ल्याएको भएपनि तिलागुफा नगरपालिकामा ब्यवस्थीत हुन सकेको थिएन । पछिल्लो समयमा नगरपालिकाले नगरपालिका भित्रका ११ वटा माध्यमिक बिद्यालय र एक आधारभुत बिद्यालय गरी १२ बिद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउन थालेको हो । प्याडको प्राप्ती, बितरण, ब्यवस्थापन र अभिलेख राख्नका लागि प्रत्येक बिद्यालयका एक जना महिला शिक्षकलाई सहयोग तोकिएको छ । शिवालय माध्यमिक बिद्यालयका प्रअ बसन्तकुमार उपाध्यायले आफ्नो बिद्यालयका शिक्षक दुर्गा कुमारी शाहीलाई जिम्मेवारी तोकिएको बताउनुभयो ।
प्रअ उपाध्यायले अरु बिद्यालयका वारेमा जानकारी छैन आफ्नोमा यो कार्यक्रमले छात्रा नियमित भईरहेको सुनाउनुभयो । कालीका माध्यमिक बिद्यालय राँचुलीका प्रधानाध्यापक खगेन्द्र शाहीले पनि पछिल्लो समय सेनीटरी ब्याड कार्यक्रमले छात्राहरु बिद्यालयमा नियमित हुन थालेको सुनाउनुभयो । उहाँले पहिला महिनामा पाँच दिन अनिवार्य बिद्यालयमा गयल अर्थात हाजिर नहुने छात्रा अहिले नियमित हुदा आफुलाई खुसि लागेको सुनाउनुभयो । नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले पनि सबैको रोहवरमा प्याड उपलब्ध गराउदा छात्राले पनि आवस्यक्ता अनुसार माग्न सक्ने बताउनुभयो ।
जिल्लाका नौ स्थानीय तह मध्य सबै भन्दा ब्यवस्थीत तिलागुफा नगरपालिकामा गरिएको छ । अन्य स्थानीय तहमा समयमा खरिद नगर्ने, वजेट फ्रिज हाल्ने भईरहेका वेला तिलागुफा नगरपालिकाले राम्रो गरेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटको भनाई छ । कार्यलयका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले अरु पालिकाको खासै पर्गती नभएको आफुले सन्चारमाध्यममा सुनेको र तिलागुफाले ब्यवस्थीत गरेको जानकारी लिएको सुनाउनुभयो । अन्य पालिकाले खासै सेनिटरी प्याडलाई ब्यवस्थीत गराउन सकेका छैनन ।





