कालीकोट समाचारदाता
कालीकोट कार्तिक २७ गते । आगामी चार मङ्सिरको प्रतिनिधिसभा सदस्यका लागि कालीकोटमा सात जना उम्मेदवार चुनावी मैदानमा छन । सात जनामा मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य नगीन्द्र शाही नेश्नल उम्मेदवार हुनुहन्छ ।
दुई समुह बिचको तिब्र प्रतिस्पर्धा हुने पुर्वअनुमान गरिएको यो चुनावमा माओवादी केन्द्रका नेता काशिचन्द वरालको इन्टीले चुनावी प्रतिस्पर्धा निकै रोचक बनिरहेको छ । रास्कोट नगरपालिका पुर्व मेयर वरालले माओवादी अध्यक्ष प्रचण्डसंगको सम्वाद परिणाममुखि नभएको भन्दै गत असोज २३ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो । वरालका अनुसार आफुलाई उम्मेदवारी फिर्ताका लागि अध्यक्ष प्रचण्डले तत्काल कालीकोट पार्टी इन्चार्ज देखि अगामी राज्यका कुनैपनि निकायमा राजदुत, संबैधानिक निकायको जिम्मेवारी दिने सम्म भन्नुभयो । तर पनि आफु उदारो सम्झौतामा सहमत नभएको भन्दै निरन्तर अगाडी वढ्ने जवाफ दिएपछि फोन आउन छोडेको सुनाउनुभयो । संघमा तीन जना बिच अहिले आ आफ्ना चुनावी प्रचार तिब्र पारिएको छ ।

सत्ता गठबन्धन दल र नेकपा एमाले समुह सहितको प्रचारमा जुटेका छन भने स्वतन्त्र उम्मेदवार वराल सानो समुहमा सबै बस्तीमा पुगेर भोट मागिरहनु भएको छ । वरालको प्रचारले सत्ता गठबन्धन त्रासमा छ । एकै पृष्ठभुमीका नेता बिचको प्रतिस्पर्धाका कारणले एमाले उम्मेदवार नगीन्द्र शाही उत्साहित हुनुहन्छ । एमाले उम्मेदवार नगीन्द्र शाहीले एमालेका मतदाता एकलौटी हुने, माओवादीका केही मत आफुलाई आउने र केही काशिचन्द्र वरालले काट्ने भएकाले आफु बिजयी हुने बताउदै आउनुभएको छ । उहाँले आफु कालीकोटका लागि युवा मात्र होइन, हरेक दुख सुखमा सधै संगै रहेकाले पार्टी भन्दा पनि कालीकोटको न्यायका लागि मत पाउने दावी गर्नुभयो ।
उहाँले मन्त्री र मुख्यमन्त्री भएका माओवादी केन्द्रका नेता महेन्द्रवहादुर शाहीले काम गर्न नसकेको प्रसस्त उदाहरण देखि गत २०७४ को चुनावमा आफै चुनावी कमाण्डर भएर जिताएकाले पनि आफुलाई माओवादी कार्यकर्ता कै आन्तरिक सर्मथन रहेको एमाले नेता शाहीको भनाई छ । उता सत्तागठबन्धनका नेता वरालकै डरले मोर्चा बलियो बनाउनु पर्ने अभियानमा छन । त्यही डरकै कारणले सत्तारुढ गठबन्धनले केन्द्रीय नेताहरुको कालीकोट प्रति जिम्मेवार रहेको देखाउन गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएर चुनावी सभा गरेको छ ।

प्रचण्ड र खड्कालाई उपस्थित गराएर एकैदिन जिल्लामा दुई ठाउँमा चुनावी सभा गरिएको थियो । प्रदेश सभा (क) को मान्म र (ख) को रास्कोटमा आयोजित चुनावी सभामा नेताद्वयले आश्वासन युक्त मन्तव्य मात्र दिएन कालीकोटका तिनै जना उम्मेदवार आगामी सरकारका मन्त्री हुने समेत बताएका थिए । माओवादी नेता तथा प्रतिनिधि सभाका उम्मेदवार मेहन्द्रवहादुर शाहीले आफु एकल भएपनि जित पक्का भएको भन्दै काग्रेसको साथले झन बलियो भएको दावी गर्नुभयो । उहाँले २०७० मा माओबादी बिभाजन भएका बेला समेत आफुले चुनाव जितेको भन्दै यसपालि ४९ वडा अध्यक्ष ६ स्थानीय तह जितेको आफ्नो पार्टी एकल काफि भएको बताउनुहुन्छ । त्यसको इन्काउटरका लागि एमालेले पनि यही २७ गते अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराएर चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । नगीन्द्र शाहीको गृह पालीका रास्कोट नगरपालिकालाई केन्द्रीत गरी अध्यक्ष ओलीलाई उर्तान एमालेले योजना बनाएको छ ।
त्यसो हुदा गृह नगरका मत एकलौटी भएमा चुनाव जित्न सहज हुने एमाले नेताहरुको भनाई छ । नगीन्द्र शाहीको प्रचार टोलीमा एमालेका नेता कार्यकर्ता छन भने महेन्द्र वहादुर शाहीसँग माओवादी कार्यकर्ताका साथै यसअघिको प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका केही कार्यकर्ता पनि सहभागी छन । तर स्वतन्त्र उम्मेदवार वरालले माओवादी भित्र जिल्ला भर तल्लो तहको कार्यकर्तामा तिब्र असन्तुष्टी भएकाले मत आफुलाई आउने दावि गर्नु हुन्छ । उहाँले माओवादी भित्रको एकलौटी महेन्द्रको ठेक्का हुनुहुदैन भन्ने नेताहरुले अन्तीममा आफुलाई सर्मथन गर्ने र एमाले भित्रका पनि जातीगत मत आफुलाई आउने भएकाले आफ्नो जित पक्का भएको बताउनुहुन्छ । तर अहिलेको चुनावी प्रचारलाई हेर्दा मुख्य प्रतिस्पर्धी वराल भन्दा पनि सत्ता गठबन्धनको एमाले देखिएको छ ।

प्रदेश सभामा अझै रोचक
एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा प्रदेशका दुई क्षेत्र छन । प्रदेश क मा एमाले नेता कुर्मराज शाही र सत्ता गठबन्धनको तर्फबाट माओवादी नेता दुर्गवहादुर रावतको प्रतिस्पर्धा छ । अरु पार्टीवाट खासै शक्तीशाली उम्मेदवार नभएकाले यि दुई जनाको मुख्य प्रतिस्पर्धा हो । यस अघि प्रतिनिधि सभा सदस्यमा बिजयी रावतको संसदमा खासै भुमिका नदेखिएको र आफ्नै पालिका हारेका कारणले चुनाव हार्ने धेरैको आकलन छ ।
उता एमालेबाट निर्वाचित शाही कर्णाली प्रदेशको फलोरक्रस गरी मेहन्द्र शाहीको पद जोगाएकाले एमाले भित्र अलि मौनता छ । तर सत्ता गठबन्धनलाई हराउन शाही नै बलियो भएकाले एमालेका कृष्णप्रसाद आचार्यले पाएको टिकेट उम्मेदवारी दर्ताकै दिन कुर्मराज शाहीलाई दिएर एमाले प्रवेश गराएकाले नेताहरु एक मत हुदा कार्यकर्ता पनि एकताबद्ध देखिएका छन । यसले गर्दा एमाले उम्मेदवार शाहीले जित्ने एमालेको दावी छ । प्रदेश सभा ख मा सत्ता गठवन्धनको तर्फवाट नेपाली काग्रेसका हिक्मतवहादुर बिष्ट, स्वतन्त्र उम्मेदवार लक्ष्मणवहादुर बम र एमालेका विरेन्द्रवहादुर वोगटी र एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बिश्वराज बम मुख्यप्रतिस्पर्धामा छन ।

बिष्टलाई माओवादी र काग्रेसको सहयोग छ भने अरु आफ्नै पार्टीको साथमा चुनावी मैदानमा छन । तर स्वतन्त्र उम्मेदवार लक्ष्मणवहादुर बमले गठबन्धनका हिक्मत बिष्टलाई कडा टक्कर दिने देखिएको छ । बमलाई युवाको साथ छदैछ भने प्रचारमा बृद्धहरु पनि खटिएकाले सबै तिरको मत आउने अनुमान सबैले गरेका छन । उता माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र शाहीका बिश्वास पात्र भएकाले पनि केही मत त्यसरी बमले पाउने र केही एमालेका युवा पंतीले पनि बमलाई आन्तरिक रुचाएका कारणले बमले जित्ने आकलन पनि गरिएको छ । गाेरखापत्रवाट ।
प्रतिनिधि सभाका तीन जना वराल र शाही दोय तस्वीरः प्रेमराज सिम्खडा ।





