कालीकोट, असोज २५ गते । कालीकोटमा पहिरोमा परेर चारको निधन भएको छ भने १९ जना अझै वेपता भएका छन । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामवाट घर फर्किदै गर्दा पहिरोमा पुरिएर वेपता भएका हुन भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा वगेर वेपता भएका हुन ।
नगरपालिकाका ४का हेमराज शाहीको निधन पछि तिला नदीमा अन्तीम दाससंस्कारका लागि तिला नदीमा पुगेका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उदृत गदै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटना स्थलमा पगेको र १३ जना वेपताको पहिचान भएको बताउनुभयो । वेपता हुनेमा वडा नं ४ का वडा अध्यक्ष वर्ष ५६ का परबहादुर शाही, कालीका माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वर्ष ३६ का छत्रजंग शाही, स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन वहादुर शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन ।

यस्तै तिलागुफा नगरपालिका ४ राँचुलीमा गाउँमा पहिरो जाँदा ९ घर भत्किएर पुर्ण क्षती भएको छन, भने १२ घर उच्च जोखिममा रहेको र १ सय घर परिवार जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी चार जना घाईते भएका छन । चार जना मध्य दुई जनाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको छ । वर्ष ५६ का बिरवहादुरा शाही र वर्ष २६ का नरेन्द्रवहादुर शाहीलाई नेपालीको सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेत लगेको छ । तिलागुफा नगरपालिका वडा नं ६ को भैसिगौडामा जोरासिहं शाहीको घर भत्कीदा उहाँकी ८० वर्षिया आमा लालकला शाही पनि वेता हुनुभएको छ ।
यस्तै जुम्ला घर बिदावाट फर्किदै गरेका जुम्ला तातोपानी गाउँपाकिला वडा नं ८ का प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा वगेर वेपता हुनुभएको छन । दशै मनाउन घर बिदा जानु भएका रावत सहित दुई जना प्रहरी पैदल जुम्ला वाट सुर्खेत तर्फ फर्किदै गरेका वेला खोलामा वेपता हुनु भएको हो । उहाँसंगै रहनु भएका तातोपानी ८ कै प्रहरी नायव निरिक्षक बिष्णु प्रसाद सेजुवाल भने सकुसल हुनुहुन्छ । उहाँ प्रहरी चौकी छाप्रेको सम्पर्कमा रहनु भएको छ । यस्तै तिलागुफ नगरपालिकाको पल्लो बालीमा घर भत्किदा एकजना भारतिय नागरिकको पुरिएका छन । स्थानियको घरमा कामगदै आएका भारतिय नागरिक अब्दुल बटुला बेपत्ता भएको स्थानियले बताएका छन । अन्य कामदार भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
चार जनाको मृत्यु ।
यस्तै आईतवार बिहान १० वजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरो पुरिदा उहाँ सहित उहाँको श्रीमती, छोरा वुहारी र छोरी गरी पाँच जना वेपता भएका थिए । वेपता मध्य उहाँका दुई छोरा १५ वर्षका भरत बिष्ट र १३ वर्षका कृपेश बिष्टको सप पहिरोवाट निकालिएको छ । धुर्वराज बिष्ट सहित उहाँकी श्रीमती, र छोरीको सप अझै नभेटिएको प्रहरीले जनाएको छ । रात परेकाले खोजि पनि रोकिएको छ । जिल्लाको शान्नीत्रिवेणी गाउपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसि र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल वोहोराको पनि सप भेटिएको छ ।
२३ जना वेपता भएकोमा चार जनाको सप भेटिएपनि १९ जना अझै वेपता छन ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जिल्ला विपद ब्यवस्थापनको आज वसेको वैठकले मृर्तकका परिवारलाई किरिया खर्च, राहात दिने र वेपताको खोजि बिस्तापितहरुको उद्धार र राहत बितरण गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले जिल्लाभरी दुई हजार ४३ घर परिवारका सदस्य पहिरो र वाढीवाट प्रभावित भएको प्रारम्भीक खवर आएको बताउनुभयो । जिल्ला सदरमुकाम मान्म वजारका ३० घर पहिरोको जोखिममा छन भने रास्कोट नगरपालिका ९५ घर, तिलागुफा नगरपालिकाका दुई सय घर गरी जिल्ला भरी दुई हजार ४३ जना वाढी तथा पहिरोवाट प्रभावित प्रहरीको रिर्पोटले देखाएको बताउनुभयो





