कर्णाली समाचारदाता
कालीकोट असोज ८ गते । सुर्खेत जुम्ला सडकको कालीकोट खण्डमा अहिले दश वटा मर्मतका ठेक्का चालु अवस्थामा छन । आर्थिक वर्ष २०७५÷०७६ देखि गत बैशाखमा सम्झौता भएका ठेक्का गरी दश ठेक्का कालीकोट खण्डमै चालु अवस्थामा भएपनि काम भने कसैले पनि अगाडी वढाएका छैनन । केही निमार्ण ब्यवसायीले काम सकेपनि भुक्तानी पाएका छैनन भने केहीले काम समेत सुरु नगरेर कर्णाली लोकमार्गको कालीकोट खण्ड अस्तब्यस्त छ ।

श्रर्या बिसका जेभि काठमाणडौले मिति २०७८ साल मंसिरमा ठेक्का सम्झौता गरेको थियो । अति जोखिम सडकमा ग्याविन लगाउने र पिज गर्ने भनेर चार करोड ८० लाखमा ठेक्का सम्झौता भयो । त्यसको समय पनि सकियो । फेरी म्याद थप गरेर बसेको छ । वर्षातको समय आदी कारण देखाउदै काम समयमा सम्पन्न नभएको निमार्ण कम्पनीका प्रतिनिधि सरोज वोगटीले बताउनुभयो । रोनि निमार्ण सेवाले कालेखोला आसपासमा ग्याविन लगाउने भनेर ठेक्का सम्झौता गरेको पनि समय सकिएको छ । गत साउनमा पुन म्याद थप गरिएको छ ।
रोनि निमार्ण सेवाका प्रोपराईटर जिवन शाहीले आफुले ९५ प्रतिसत काम सकेको तर ३० प्रतिसत भुक्तानी नपाएको बताउनुभयो । आफुले ९५ प्रतिसत काम सकेपछि गर्दिन पनि भन्न पाउथे तर पुरै काम सक्ने उद्देश्य रहेको बताउनुभयो । कालीकोट खण्डकै गाल्जे क्षेत्रमा ग्याविन लगाउने ६१ लाखमा सागर निमार्ण सेवाले गत वैशाखमा सम्झौता गरेको देखिन्छ । उहाँले सम्झौता अनुसार असार २० गते काम सक्नु पर्ने उल्लेख छ । तर अहिले सम्म काम सुरु नै गर्नु भएको छ । सडक डिभिजन खलङगा जुम्लालाई वर्षातको कारणले काम गर्न नसकिएको कारण देखाउदै सम्झौताको समय थप्नु भएको छ । समय थपिएपनि अझै काम सुरु गर्नुभएको छैन ।
तारा निमार्ण सेवा जुम्लाले पनि सडक पिजको ठेक्का सम्झौता गरेको दुई पटक समय सकिएको छ । निमार्ण ब्यवसायी तारामान कठायतले वर्षात र लोकमार्गलाई जिरो मानेर स्थानीय सरकारले लिएका शाखा सडकका कारणले आफ्नो काममा वाधा पुग्ेको बताउनुभयो । उहाँले एक पटक पिजका लागि तयारी गर्यो । शाखा सडकवाट वग्ने माटोले पुरै भरिने हुदा आफुले वर्षातको समयमा काम नगर्ने भनेर छोडेको अव पानी पर्न रोकिने बितिकै काम सञ्चालन गर्ने बताउनुभयो । कर्णाली लोकमार्गको कालीकोट खण्डमा जतिले ठेक्का लिएका छन ति निमार्ण ब्यवसायीले समयमा काम सकेको कसैको पनि रेकर्ड छैन ।
सडक डिभिजन खलङगा जुम्ला प्रमुख इन्जिनियर राजिव श्रेष्ठले घटिघटाउमा ठेक्का लिने सम्झौता गर्ने चुप लागेर वस्ने धेरै निमार्ण ब्यवसायी भएको र उनिहरुलाई पटक पटक पत्राचार गरेर काममा लगाउनु परिरहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७÷२०७८ मा ठेक्का सम्झौता भएकाले समेत काम सम्पन्न नगरेको बताउनुभयो । कहिले कोरोना कहिले वर्षातको समय आदी कारण देखाउने र समयमा काम सम्पन्न नगर्ने त्यसको दोस भरी सडक अवरोध हुदा आफुले र जिल्लाका सिडियोले पाउने गरेको जानकारी गराउनुभयो ।

कालिकोटका प्रमुख जिल्ला अधिकरी रामहरी शर्माले आफुले सडक डिभिजन कार्यालय जुम्लालाई पत्राचार गरेर निमार्ण ब्यवसायी सहितको टोलीलाई वोलाएर आफ्नो कार्यकक्षमा छलफल गर्दा सबैले वर्षातको कारण देखाएर ढिलो भएको र कसैले दशै अगाडी र कसैले तिहार सम्म काम सक्ने प्रतिबद्धता गरेको जानकारी दिनुभयो । उहाँले सारै समस्या हुने ठाउँमै काम नगर्दा यात्रुले दुख पाएको कुरालाई मन गर्न कार्यालय र निमार्ण ब्यवसायीलाई भनेको बताउनुभयो । ठेकेदारले समयमा काम नगर्दा कालीकोट खण्डको कालोखोला, गगनेखोला, सुनारखोला, टाकुल्ला लगाएतका दर्जन भन्दा वढि ठाउँमा नागरिकले सास्ती पाउने गरेका छन ।





