प्रेमराज सिम्खडा
कालीकोट असोज ५ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ का अस्मीता शाही बर्षले १७ पुग्नुभयो । उहाँ अहिले एस.ई.ई दिने तयारीमा हुनुहुन्छ । गाउँकै सत्यदेवि माध्यमिक बिद्यालयमा अध्यानरत अस्मीताले गाउँमै उच्च शिक्षा अध्यान गर्न कहिले पाउने भन्दै प्रश्नु गर्नुभयो । उहाँले हामी गरिवका छोरी हौ । अस्मीताले शहरमा बस्ने, खाने र पढ्ने श्रोत नभएकाहरुका लागि उच्च शिक्षा पढ्न पाउने अधिकारको कटौती हुने भन्दै गाउँमै उच्च शिक्षा अध्यानको ब्यवस्था मिलाई दिन सरकारसंग माग गर्नुभयो ।
अस्मीता संगै तिलागुफा नगरपालिका वडा नं ७ की प्रतिभा कुमारी शाहीले आधारभुत बिद्यालयमा समेत बिद्यालय सुधार योजना भरपर्दो नभएकाले शिक्षा क्षेत्र ओरालो लागेको प्रति नगरपालिका र शिक्षा शाखा गम्वीर बन्न सुझाव दिनुभयो । बिद्यालयले सुधार योजना बनाउछ की बनाउदैन भन्ने एकिन गर्न नसक्ने स्थानीय सरकारको गम्वीर कम्जोरी भएको प्रतिभाको गुनासो थियो । सोमवार नगरपालिकामा आयोजित बालवालिकासंग उपप्रमुख बिषयक वाल हिन्सा न्युनिकरण बिषयक कचहरी(छलफल) कार्यक्रममा वोल्दै नगरका बालवालिकाले सरकारसंग गाउँको सबै खाले बिकासमा जोड दिन आग्रह गरे ।
बिद्यालयको भौतिक संरचनाको सुधार, बिषयगत शिक्षकको ब्यवस्थापन, खानेपानी, सौचालय, खेलमैदान, खेल सामाग्री जस्ता कुरामा नगरपालिकामा बृहत छलफल भएर सुधार गर्न बालवालिकाले जोड दिएका थिए । शैक्षिक गुणस्तर सुधार लगाएतका बिषयमा नगर सरकार गम्वीर नभएर अनुगमनलाई तिर्वता नदिने हो भने आगामी दिनको शैक्षिक उत्पादन झनै कम्जोर हुने चिन्ता बालवालिकाले गरेका छन । पचाँस जना भन्दा वढी बिद्यालय पढ्ने बालवालिका (बिद्यार्थी)ले प्रश्न राखेपछि जवाफ दिदै नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले शैक्षिक क्षेत्रको सुधार, बालविवाहको अन्ते र बालवालिका माथि हुने सबै किसिमका हिन्सा न्युनिकरणका लागि बालवालिकासंग उपप्रमुख कार्यक्रम ल्याएको बताउनुभयो ।

उपप्रमुख शाहीले नगर सभामा गम्वीर छलफल पछि सभाले नै बालवालिकासंग नगर उपप्रमुख कार्यक्रम पारित भएको भन्दै निरन्तर सम्वाद मार्फत सुधार गर्ने बताउनुभयो । उहाँले केही कुरा राष्टपति शैक्षिक सुधार कार्यक्रम मार्फत पुरा हुने भन्दै केही नगरपालिका र केही प्रदेश सरकारको वजेट वाट बिद्यालयमा अभाव भएको संरचना तयार हुने बताउनुभयो । उहाँले उच्च शिक्षा स्थापना, नागरिकको स्वास्थ्य बिमा, अपांगमैत्री संरचना निमार्ण लगाएतका काम भईरहेको भन्दै अवको केही महिनामा त्यसको नजिता आउने हुदा सारै चिन्तीत नहुन बालवालिकालाई आग्रह गर्नुभयो ।
बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा नगरसरकारलाई सेभ द चिल्ड्ेन किर्डाक नेपालको सहयात्रा परियोजनाले लामो समय सहयोग गरिरहेको भन्दै मात्र नगरपालिकाले साझेदार गरे पुग्ने हुदा बालवालिकाको सुझावलाई गम्वीर रुपमा लिएर कार्यन्वयन गरिने बताउनुभयो । शिक्षा शाखा श्रोत ब्यक्ति नविन हमालले अव शाखामा केही जनशक्ती थपिएकाले सबै बिद्यालयको अनुगमन गरी कहाँ के कुराको कमि छ त्यसको परिपुर्ति गरीने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले गैरसरकारी सस्था किर्डाक नेपाललाई साथमा लिएर शैक्षिक क्षेत्र सुधार र वालबिवाह न्युनिकरण वालहिन्सा लगाएतका क्षेत्रमा अभियान नै चलाईरहेको छ ।





