प्रेमराज सिम्खडा कालीकोट असोज ५ गते । जिल्ला प्रशासन कार्यालय कालीकोटले कालीकोटका ग्रामिण सडकको नयाँ भाडा दर कायम गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय कालीकोटका वसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले ग्रामिण सडकको नयाँ भाडा दर कायम गदै लागु गर्न समितिमा पठाएको छ । प्रशासनले कायम गरेको भाडादर प्रति यातायात ब्यवसायी निकै खुसि भएका छन ।
यस भन्दा अगाडी असुल गदै आएको भाडामा २६ रुपियाँ बृद्धी गरीदिएपछि ब्यवसायी खुसि भएका हुन । हिन्दुहरुको महान चार्ड वडादशैको अवसरमा नागरिकलाई सहुलियत भन्दै प्रशासनले एक किलोमिटर सडकको भाडा २३ रुपियाँ कायम गरेको छ । कर्णाली करिडोरको लालिघाट पलाँताको घाटाचौर जानका लागि ३१ किलोमिटर छ, त्यसको भाडा ७२६ रुपियाँ कायम गरिएको छ । यस्तै रास्कोट नगरपालिकाको सेराचौर जान ३१ किलोमिटर सडक पार गर्नुपर्छ ।
लालिघाट देखि सेराचौरको ३१ किलोमिटरको भाडा प्रतिकिलोमिटर २३ रुपियाँ कायम गरिएको छ । यस्तै लालिघाटवाट शान्तीघाट जान १५ किलोमिटर छ, त्यसको भाडा ३३० तोकिएको छ । यस भन्दा अगाडी यातायात ब्यवसायीहरुले रु तीन सय मात्र लिदै आएका थिए । कोरोनाका वेला वढाएको मनपरी भाडा घटाउन नागरिकले माग गरेपनि प्रशासनले उल्टो यातायात ब्यवसायीले लिदै आएको भाडा दर भन्दा वढि लिन अधिकार दिएको प्रति नागरिकले आपती जनाएका छन ।
नयाँ भाडादर सार्वजनिक भएपछि रास्कोट नगरपालिका ४ वस्ने समाजिक अभियान्ता भिम शाहीले यस्तो अत्याचार प्रशासनवाटै भएको प्रति दुख ब्यक्त गर्नुभयो । उहाँले कहि पनि एक किलोमिटर सडकको भाडा २३ रुपियाँ नभएको भन्दै तत्काल खारेज गर्न आग्रह गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी तथा भाडा निधारण समितिका संयोजक रामहरी शर्माले भने पुरानो भाडादर कायम गरिएको तथ्यलाई आधार मान्दै अहिले यातायात ब्यवस्था बिभागले वढाएको ५७ प्रतिसत बृद्धी भाडादरलाई राख्दा त्यो भाडादर हुन आएको बताउनुभयो । उहाँले बैठकमा कसैले पनि यो वढि भयो भनेर भनेनन । पहिलाको अभ्यास हो भनेर आफुले कायम गरिएको बताउनुभयो ।
प्रजिअ शर्माले कसैले तथ्य सहितको भाडा अति भयो भनेर उजुरी दिएको खण्डमा फेरी बैठक आवाहान गरेर छलफल गर्न सकिने बताउनुभयो । अहिले भाडादर ७२६ वनाएका सबै ठाउँमा यस भन्दा अगाडी यातायात ब्यवसायीले सात सय मात्र भाडा लिदै आएका थिए । पहाडी सडकमा वढिको भाडा १० देखि १२ रुपियाँ प्रतिकिलोमिटर हुनु पर्ने भन्दै स्थानियले भाडा चर्को भएको भन्दै घटाउन माग गदै आएका थिए । यस भन्दा अगाडी गोरखापत्रले मनपरी भाडा सिर्षकमा समाचार प्रकाशन गरेपनि कालीकोट प्रशासनले यातायात ब्यवस्था बिभागको नयाँ भाडा दर कायम भएको लिस्ट आउने बितिकै कालीकोटका ग्रामिण सडकको भाडा घटाउने प्रतिक्रिया दिएको थियो ।
तर घटाउनुको सट्टा झन बृद्धी गरेर भाडादर कायम गरेको छ । नेपालको कुनै पनि ठाउँ नहोला एक किलोमिटरको भाडा २३ रुपियाँ कायम गरिएको । तर कालीकोटमा कोरोना प्रवेश गरे यता लगातार नागरिकले यस्तै चर्को भाडा तिदै आएका छन । प्रशासनले बृद्धी गरेको भाडादरवाट यातायात ब्यवसायी भने निकै खुसि भएका छन । यता नागरिकले भने उल्टो निर्णय गरी थप आफुहरुलाई चर्को भाडा तिर्न वाध्य पारेको भन्दै प्रशासन बिरुद्ध आन्दोलनमा जाने प्रतिक्रिया दिएका छन ।





