कर्णाली समाचारदाता कालीकोट भदौ २७ गते । यसपालिका वर्षात खासै भएन । सामान्य वर्षातले कहिलेकाही सडक अवरोध भए । वर्षातले ग्रामिण सडकलाई भने क्षती पुगाए । स्काभेटरले खनेका ग्रामिण सडक वर्षातको पानीले कतै पहिरो गयो भने कतै खाल्डाखुल्डी परेर असहज बनिरहेका छन ।
जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सडक गत जेठवाट सञ्चालनमा आएको छैन । स्थानीय चुनावका वेला जसोतसो राजनिति दलले आफै मर्मत गरेर चुनाव प्रचार सम्म गरे । तर चुनावको परिणाम आए यता सडकमा गाडी चलेका छैनन । कर्णाली लोकमार्गको सेरीघाट वाट शुभकालिका गाउँपालिकाको वडा नं २ हुदै ३ सम्म जाने सडक र वडा नं ४को डौठा हुदैै गाउँपालिका जोड्ने सडक अहिले सम्म सञ्चालनमा छैन ।

शुभकालिका गाउँपालिका वडा नं ३ का खडानन्द अधिकारीले अघिल्लो सरकारले एक कल फोनमा सडक मर्मत गरेर यातायातका साधन सञ्चालन ल्याएको स्मरण गर्नुभयो । भनेपछि बिरोध गरे भन्छन, नभनौ चार महिना सम्म सडक वन्द छ मर्मत गर्ने कुनै पनि योजना गाउँपालिकाले बनाएको छैन अधिकारीले गुनासो गर्नुभयो । अधिकारीले दशै आयो शहरमा पढ्न गएका बालवालिका गत वर्ष झै गाउँमै गाडी पुग्छ भनेर पैदल हिड्न नपर्ने मनसाय बनाएर आउलान । यहाँ भने सडकवाट घर सम्म पुग्न पाँच घण्टा उकालो चढ्नु पर्छ कसले बुज्ने गुनासो गर्नुभयो ।
उता रास्कोट नगरपालिकाको सडक पनि वर्षातको वाढीले चिरा पारेको उस्तै छ । साना गाडी जसोतसो चलेपनि यात्रा भने निकै कस्टकर छ । रास्कोट नगरपालिका वडा नं १ का चरित्रराज न्यौपानेले एक सय भन्दा वढी रास्कोट सडकका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गदै कहिले र कसले वनाउने यो सडक भनेर प्रश्न गर्नुभएको छ । रास्कोट नगरपालिकाको २५ किलोमिटर मुल सडकका सयौ ठाउँमा वाढीले चिरा पारेको छ भने पचास भन्दा वढि ठाउँमा खहरे खोलाले सडक भत्काएको छ । नगरको मुल सडक भित्रको १२ किलोमिटर सडक कालोपत्रे गर्ने भनेर भत्काईएको छ । डवल कटिङ भन्दै स्काभेटरले भत्काएकाले झन खाल्डाखुल्डी परेका छन ।

ठेकेदार कम्पनीले काम जारी रहेकाले यस्तो भएको भनिरहेको छ भने नगरपालिकाले मर्मतको कुनै सुरसार गरेको छैन । नगरका प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले तत्काल भाडामा स्काभेटर लगाएर दशै अगाडी मर्मतको काम गर्ने बताउनु भएको छ । तर स्थानीयले भने नयाँ जनप्रतिनिधिहरुले चर्चामा आउनका लागि सडक सिलान्यास, क्याम्पस स्थापना, रैथाने पेशा जोगाउन पहल गर्ने जस्ता बिषय सार्वजनिक गरेर समय बिताईरहेको गुनासो गदै आएका छन ।
नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिका जोडीएका सडक पनि प्रयोगमा छैनन । आकासको पानी रोकिएपनि स्थानीय सरकारले सडक मर्मत नगर्दा नागरिकलाई सास्ती भइरहेको छ । नरहरीनाथ गाउँपालिका वडा नं ९ का रमिता वोहोराले सरकार छ भनेर जानकारी मात्र भएको बताउनुभयो । जेठ महिना यता पैदल आउजाउ गरिहेका छौ । कोही बिरामी भएमा पनि स्टेचरमा राखेर अस्पताल लिनु परिरहेको छ । वर्षातको भेला सडक भत्कीयो, वगायो ठिकै हो अव त मर्मत गराउनु पर्ने हो नि भन्दै स्थानीय सरकारलाई प्रश्न गर्नुभयो । दशै जस्तो चार्ड नजिक आउदा पनि स्थानीय सरकारले सडक मर्मत देखि अन्य नागरिकलाई सहज हुने काममा ध्यान दिएका छैनन ।
मर्मत नहुदा यातायात सञ्चालन हुन नसकेको सेरी भर्ता डौठा सडक तस्वीरः प्रेमराज सिम्खडा । १ सेरी र २ रास्कोट सडक हुन ।





