पोखरा महानगरपालिका वडा नं ३३ को गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका रामचन्द्र अधिकारी वडाध्यक्षमा बिजयी भएपछि बिहिबार भरतपोखरीमा बिजयी र्याली गरीएको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ को गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका रामचन्द्र अधिकारी वडाध्यक्षमा , सदस्यमा प्रकाश कार्की , महिला सदस्यमा दुर्गा देवि थापा के सी , खुल्ला सदस्यमा नेकपा एमालेका बिनोद भण्डारी , दिलत सदस्यमा नेकपा एमालेकी लिला देवि नेपाली बिजयी भएका छन ।
बिजय जुलुसमा हजारौ कार्यकर्ताको उपस्थिति रहेको थियो । पोखरा ३३ को सिमाना लौसिकुना बाट शुरु भएको बिशाल बिजय जुलुसले ‘चार तारा पाँचै सिट, बल्ल देख्यौ हाम्रो जीत’ भन्ने नारा लगाउँदै ठुल्ढुङ्गा , भगवती चौतारा , कालिकास्थान , महाकाली चोक , पुरानो बस पार्क हुँदै उपल्लो पुंडिमा आई विजय सभा गरेको थियो।
सभामा बोल्दै नवनिर्वाचित उम्मेदवारहरुले आफुहरुको पहिलो काम निर्वाचनका क्रममा जनताहरु संग गरेका प्रतिवद्धताहरुलाई पुरा गर्ने भन्दै नेपाली काग्रेसमा मतदान गर्ने सम्पुर्ण वडाका मतदाताहरुलाई धन्यबाद दिएका थिए ।
बिभिन्न नारा सहित नवनिर्वाचित वडाध्यक्ष , सदस्यहरू बजार परिक्रमा गरिरहदा चोक चोकमा उनिहरूलाई मतदात तथा कार्यकर्ताहरुले टिका लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए।





