पोखरामा ३३२५९ गणना गर्दा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि

पोखरामा ३३२५९ गणना गर्दा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५२ पु¥याएका हुन् ।

हालसम्म ३३ हजार २ सय ५९ मत गणना सम्पन्न हुँदा आचार्यले १३ हजार ७ सय ९४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ४२ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ४ सय ३७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ७ सय ७७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ३ सय २२ पु¥याएकी छन् । रानाभाटले १४ हजार ६८ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १३ हजार ७ सय ४६ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार २ सय १७ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित