किर्डाक नेपालद्वारा २७औँ वार्षिकोत्सव भव्य रूपमा मनाइयो

किर्डाक नेपालद्वारा २७औँ वार्षिकोत्सव भव्य रूपमा मनाइयो

सुर्खेत ः असार ७ गते
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले आफ्नो २७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित “प्रोग्रेस सेयरिङ एण्ड रिभ्यु” कार्यक्रममा सामाजिक न्याय, महिला सशक्तीकरण, मानव अधिकार तथा समावेशी विकासका क्षेत्रमा संस्थाले हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको छ थियो ।
कार्यक्रममा किर्डाक नेपालका अध्यक्ष पदाधिकारी, कर्मचारी, साझेदार संस्था, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले विगत २७ वर्षदेखि दुर्गम तथा पछाडि पारिएका समुदायको अधिकार, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा किर्डाकले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा Empowered Women Prosperous Nepal -EWPN_ अन्तर्गत सञ्चालन गरिएका गतिविधि तथा उपलब्धिहरूबारे समेत समीक्षा गरिएको थियो । महिला सशक्तीकरण, लैङ्गिक समानता र समावेशी विकासका क्षेत्रमा भएका प्रगतिका विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष सम्झना मल्लले किर्डाक नेपालले २७ वर्षको यात्रामा सामाजिक न्याय, मानव अधिकार संरक्षण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, महिला तथा बाल अधिकार प्रवद्र्धन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सबैका अगाडी दिनको घाम जस्तै प्रस्ट भएको बताउनुभयो । अध्यक्ष संस्थाले आगामी दिनमा पनि समाजमा पछाडि पारिएका समुदायसम्म पुगेर उनीहरूको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्ने बताउनुभयो । सँस्थाले कार्यक्षेत्र भएको जिल्ला प्रदेशका साथै काठमाण्डौमा समेत दिवस मनाएको छ ।
कार्यक्रमका सहभागीहरूले संस्थाको २७ वर्षे सफल यात्राको शुभकामना व्यक्त गर्दै सामाजिक रूपान्तरण र न्यायपूर्ण समाज निर्माणमा किर्डाक नेपालले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । किर्डाकले द्धन्द्धको समयमा जुम्लामा ३३ किलोमिटर सडक बिस्तार गरेर कर्णाली राजमार्ग निमार्णका लागि राज्यलाई दबाफ दिएको सबैका अगाडी स्पस्ट भएको भन्दै अझै राज्य सरकारलाई पनि झकझकाउने नागरिक अगुवाको भुमिका खेल्नेमा बिश्वास गरेको बताएका थिए ।
फोटो क्याप्सनः किर्डाक नेपालको २७ औँ बार्षिक उत्सावमा सहभागी अध्यक्ष लगाएत बिभिन्न अन्तराष्टिय सँस्थाका प्रतिनिधि तस्बिर ः प्रेमराज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित