जथाभाबी शिक्षक सरुवाको असर,नगरभरी ५० प्रतिशत पनि पास भएनन्

जथाभाबी शिक्षक सरुवाको असर,नगरभरी ५० प्रतिशत पनि पास भएनन्

कालीकोट समाचारदाता
कालीकोट असार १६ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गरेको मनपरीको असर शिक्षामा पनि परेको छ । नगरप्रमुख धर्मराज शाहीको मनोमानीले शिक्षकको काज सरुवा गरेपछि त्यसको असर यस बर्षको एस.ई. र्इं परिक्षामा प्रत्यक्ष परेको छ ।
आफ्नो पार्टीलाई समर्थन गर्ने शिक्षकलाई बिद्यालय प्रशासनको जिम्मेवारी दिन गरिएको नियम बिपरित शिक्षक सुरुवाका कारणले एस.ई.ई नतिजामा प्रत्यक्ष असर परेको पाईएको हो । नगरका चार वटा माध्यमिक बिद्यालय मध्य तीन वटा बिद्यालयको नतिजा निकै कम्जोर देखिएको छ । नगरप्रमुख धर्मराज शाही कै टोलमा रहेको कालाशिल्ला माध्यमिक बिद्यालयबाट ३५ जना बिद्यार्थीले परिक्षा दिएका थिए ।
जसमा ३ जना मात्र पास भएका छन । पास हुने ३ जना बिद्यार्थी पनि संँस्थागत बिद्यालयमा अध्यान गरेर परिक्षा फम मात्र कालाशिल्ला माबिबाट भरेको पाईएको छ । मोतिराम माध्यमिक बिद्यालय सेराचौरवाट २५ जना बिद्यार्थी सहभागी भएकोमा ९ जना मात्र उत्तिण भएका छन । जनजागृती माध्यमिक बिद्यालय फुकोटबाट ४३ जना परिक्षामा सहभागी भएका थिए । जसमा २० जना उत्तिण भएका छन । नगरपालिका भित्रका चार माध्यमिक बिद्यालय मध्य बडिमालिका माबिले मात्र राम्रो नतिजा निकालेको छ ।
बडिमालिका माबिबाट ४० जना सहभागी परिक्षामा ३५ जना उत्तिण भएका छन भने पाँच जना ग्रेडबृद्धी दिन पाउने भएका छन । यसरी हेर्दा नगरभरी बडिमालिका माबिको प्रभावले ६७ जना उत्तिण भएका छन । बडिमालिकाको कारणले पास हुनेको संख्यामा केही बृद्धी भएको देखिएपनि अन्य तीन माध्यमिक बिद्यालयवाट जम्मा १०३ जनामा ३२ जना मात्र उर्तिण भएका छन । यता वडिमालिकाको जोडेर मात्र पास हुनेको संख्या ६७ पुग्छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनले नेतृत्व गरेका बिद्यालयको नजिता कम्जोर
नगरपालिका भित्रका चार माध्यमिक बिद्यालय मध्य तीन बिद्यालय प्रशासनको नेतृत्व एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेताले गरेका छन । नगर प्रमुख शाहीले रिजाएका ब्यक्तिलाई प्रअको जिम्मेवारी दिन शिक्षकको काज सरुवा गदै तीन माबिको नेतृत्व एअनेशिसं आबद्ध शिक्षकलाई सुम्पीएको थियो ।
नगर प्रमुखले आफुअनुकुलका शिक्षक अमरनाथ योगीलाई बडिमालिकावाट काज सरुवा गराएर । मोतीरामा माबिको प्रअको जिम्मेवारी दिनुभयो । कालाशिल्लामा पनि आफ्ना शिक्षक नेता सन्तराज शाही प्रअ हुनुहुन्थ्यो । उहाँको अनिवार्य अबकास पछि आफ्नै नेतालाई प्रअ बनाईएको छ भने जनजागृती माबिमा पनि नागराज उपाध्यायलाई ल्याएर प्रअ बनाईएको छ । शिक्षक सन्तराज शाही हुदा कालीका माविको परिक्षा नतिजा राम्रो थियो ।
शिक्षकको काज सरुवा पछि अदालतमा मुद्धा दर्ता र त्यसपछि भएको बिवादले गर्दा सिकाईमा असर परेको थियो । स्थानीय युवा महेश फर्सालले क्षमता भएका शिक्षकलाई जिम्मेवारीवाट हटाउदाको परिणाम कम्जोर नतिजाले देखाएको बताउनुभयो । उहाँले बडिमालिका माबिमा पहिला देखि नेतृत्व गरेका कारणले नतिजा पनि राम्रो आएको बताउनुभयो । वडिमालिकाबाट ४० जनाले परिक्षा दिएकोमा ३५ जना उत्तिण भएका छन भने पाँच जना ग्रेडबृद्धीमा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित