संघियता पछि तालिम नपाएको बालबिकास केन्द्रका शिक्षकको गुनासो

संघियता पछि तालिम नपाएको बालबिकास केन्द्रका शिक्षकको गुनासो

कालीकोट समाचारदाता
कालीकोट जेठ २४ गते । जुम्लाका बालबिकास केन्द्रमा कार्यरत शिक्षकले पेसा अनुसारको तालिम नपाएको बताएका छन । जिल्लाको तातोपानी गाउँपालिकामा कार्यरत ३५ जना बाल बिकास केन्द्रका शिक्षक मध्य ३१ जनाले आफुले तालिम नपाएको र संघियता पछि त झन आफुले क्षमता बिकासको तालिम नपाएको बताएका हुन ।
सेभ द चिल्ड्ेन, कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुन्धान केन्द्र (किर्डाक) नेपालको सहयोग तथा सहजिकरणमा तातोपानी गाउँपालिकाले आयोजना गरेको तालिमका सहभागीले आफुले २०६२ साल यता तालिम नपाएको गुनासो गरेका छन । गाउँपालिकाले बालबिकास केन्द्रका शिक्षकहरुका लागि प्रारम्भिक साक्षरता र गणितिय अबधारणा तथा सीप सम्वन्धी पाँच दिने तालिमका सहभागीले संघियता पछि कुनै पनि तालिम नपाएको गुनासो गरेका हुन ।
सरस्वती बालबिकास केन्द्रका शिक्षक राज्यलक्ष्मी चौलागाईले आफुले तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत २०६२ सालमा तालिम पाएपछि त्यस यता कुनै पनि तालिम नपाएको र आज यो अवसर गैरसरकारी सँस्थाले दिएकोमा खुसि ब्यक्त गर्नुभयो । सुन्दरमणी बाल बिकास केन्द्रका शिक्षक समित्रा न्यौपानेले हामी शिक्षकको क्षमता बिकासका लागि बेला बेला तालिमको आयोजना गर्नु पर्ने भएपनि स्थानीय सरकार गठन यता कुनै पनि तालिम नभएको र यो नै पहिलो भएको बताउनुभयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले खस्कीदो शैक्षिक अबस्थाको सुधारका लागि सहयात्रा तेस्रो परियोजनालाई गाउँपालिकाले साथमै लिएर जाने बताउनुभयो । उहाँले तालिम दिन नसकेपनि बालबिकास केन्द्र देखि आधारभुत बिद्यालयमा अध्यानरत बालवालिकाको पोषण सुधारका लागि दिवा खाजा कार्यक्रमलाई ब्यवस्थीत गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ वहादुर कठायतले औपचारिक शिक्षा प्रवेश गर्ने प्रवेशद्धार बालबिकास केन्द्रलाई बलियो बनाउन आगामी बर्षमा बिषेश कर्यक्रम ल्याउने बताउनुभयो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरत शाहीले श्रोत अभावका कारणले तालिम दिन नसकेको कुरा सत्य भएको भन्दै अबका दिन देखि तालिमकै अभावले बालबिकास केन्द्रका शिक्षकले कम्जोर हुन नपर्ने बताउनुभयो । उहाँले तालिमको भरपुर सदुपयोग गरेर भबिस्यका कणदार बालबालिकाको प्रारम्भीक शिक्षालाई बलियो बनाउन आग्रह गर्नुभयो ।
तालिममा ३१ वटा बालबिकास केन्द्रका शिक्षकको सहभागीता रहेको छ । पाँच दिन सम्म सेतो गुराँश बालबिकास केन्द्रका निर्देशक राधा मल्लले तालिम दिनु हुने छ । किर्डाक नेपालले जुम्लाको चन्दनाथ बालबिकास केन्द्रबाट बालबिकास केन्द्रमा रहेका शिक्षकको क्षमता बिकास गर्न र शैक्षिक सामाग्रीको पर्दशन गर्नका लागि २०६२ साल बाट तालिम दिन सुरु गरेको थियो । त्यस यता सरकारले पनि बालबिकास केन्द्रका शिक्षकलाई तालिम दिन थालेपनि राज्य पुर्नरसंरचना पछि जिल्ला शिक्षा कार्यालय समन्वयमा रुपान्त्रण हुदा तालिम, प्रशिक्षणका कार्यक्रम ठप्प भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित