प्रेमराज सिम्खडा
जेठ १५ गते । कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्रि यामलाल कँडेलले जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भयकाे बताउनुभयाे । अाज १७ औँ गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्रि कडेलले नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र संमृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु शुभकामना सन्देशमा भन्नुभयाे । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम जनसमुदाय‚ नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्दछु, उक्त शुभकामना सन्देशमा भनियकाे छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । मुख्यमन्त्रि कडेलले गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भयकाे बताउनुभयाे । यस उत्सवमा म सबैमा हार्दिक बधाइ एवम शुभकामना व्यक्त गर्दछु उक्त सन्देशमा भनियकाेछ ।
मुख्यमन्त्रि कडेलले व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भयकाे बताउनुभयाे । यस युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसंग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र संमृद्धिका तीनवटै आयामहरुलाई समूचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भयकाे उल्लेख गर्नुभयाे । जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागी संचालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ त्यसैले आजको यस ऐतिहासिक दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधिनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको संमृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै शुभकामना दिनुभयाे ।
तस्विर सचिवालयवाट





