कालीकोट समाचारदाता
कालीकोट जेठ २ गते । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाले शैक्षिक सुधारका लागि रुपान्त्रण अभियान चलाउने भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालय र संस्थागत विद्यालय विचको सिकाई उपलब्धीमा सहकार्य गर्नका लागि त्रिपक्षिय मुल्यांकन गर्न आफैबाट बदलिन रुपान्त्रण अभियान चलाउने भएको हो । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको सुभारम्भ गरेको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष देवराज शाहीले शैक्षिक सुधारका लागि आफुहरु पहिला रुपान्त्रण हुनु पर्ने भएकाले यो नाम दिएर अभियान सुरु गरिएको बताउनुभयो । उहाँले सरकारी बिद्यालय र निजि बिद्यालय बिचको शैक्षिक गुणस्तरको खाडल पुर्न, निम्न तथा मध्यम वर्गका वालवालिकाको गुणस्तरिय शिक्षाको अधिकार सुनिश्चित गर्न पालिकाले शैक्षिक रुपान्तरण अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो । शिक्षा र शैक्षणिक प्रक्रिृयाको महत्वपुर्ण हिस्सेदार प्रधानाध्यापक र शिक्षकहरुरुलाई पुर्ण रुपमा जवाफदेहि र जिम्मेवार वनाउने काम यस अभियानले गर्ने भएकाले लामो छलफल पछि कार्यक्रम तय भएको अध्यक्ष शाहीले बताउनुभयो ।
रुपान्तरण अभियानका मुख्य दुइटा पक्ष छन, पहिलो सम्झौताको पक्ष र दोस्रो भनेको हरेक दिन तीन ÷तीन भन्न्े रहेको छ । गाउँ शिक्षा समितिका अध्यक्ष, प्रधानाध्यापक र वालविकास सहजकर्ताको विचमा शैक्षिक सुधाकार लागि सम्झौता हुने छ । साथै प्रधानाध्यापक एवं विषय वा कक्षा शिक्षकको विचमा हुने सम्झौताको कार्यान्वयन अनिवार्य र वाध्यकारी गरिने छ । प्रत्येकले आफ्नो विषयको जिम्मा र ग्यारेन्टि लिनै पर्छ र काम गर्ने तर नतिजा नखोज्ने चलनको अन्त्य यो अभियानले गर्ने गाउँपालिकाको बुझाई छ ।
अर्को तर्फ हरेक दिन तीन÷तीन अन्तरगत प्रत्येक शिक्षकले प्रत्येक दिन ३ वटा नयाँ कुराहरु विद्यार्थिलाई पढ्न वा याद गर्न लगाइ अर्को दिन मुल्याङ्कन गर्नुपर्नेछ । यसले विद्यार्थीमा ज्ञानको भण्डार वृद्धिमा महत्वपुर्ण भुमिका बिश्वास शिक्षाका जानकारहरुको छ । यो केवल भनाई मात्र सिमित नराखिन ब्यवारिक अध्यासका लागि सबै तयार हुन गाउँपालिकाले निर्देशन समेत गरेको छ । गाउँपालिका अध्यक्ष शाहीले सामुदायिक विद्यालयको शिक्षाको क्षेत्रमा सुधारको विकल्प नभएकोले यो अभियान अपरिहार्य वनेको बताउनुभयो । शिक्षा शाखा प्रमुख नमराज शाहीले धेरै क्षेत्रवाट अध्यान गरेर यो अभियान थालिएको बताउनुभयो । श्राेत पत्रकार तथा शैक्षिक अभियान्ता प्रकाशवहादुर शाही ।





