कालीकोट समाचारदाता
कालीकोट वैशाख १३ गते । लामखुट्टेको टोकाईका कारणले सर्ने औलो रोग नियन्त्रणका लागि जनचेतना फैलाउने मुख्य भुमिका सञ्चारमाध्यम र पत्रकारको भएको औल्याईएको छ । मानविय तुरुटीले सर्ने औलो रोगबाट कसरी जोगिने भन्ने कुराको आम नागरिकमा सन्देश फैलाउने प्रमुख भुमिका पत्रकारको हुने भएकाले सरकारी लक्ष्य प्राप्तीको प्रमुख जिम्मेवार पनि सञ्चार माध्यम हुने बताईएको हो ।
जिल्ला अस्पताल कालीकोटका मेडिकल अधिकृत डाक्टर चन्द्रा शाहले औलो रोगका कारणले गरिबी वढ्ने भन्दै त्यसको रोगथामका लागि सचेतना फैलाउने काम सञ्चारमाध्यमको भएको बताउनुभयो । उहाँले घर आगनमा जम्ने फोहोर पानीको ब्यवस्थापन, गर्मि तथा लामखुट्टे लाग्ने ठाउँको बसोवास, सुताईमा स्वयम नागरिकले ध्यान नदिदा यो रोग सर्ने भन्दै यस्ता कुरामा सचेत गराउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।
बिश्व औलो रोग दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले औलो रोगको सङक्रमण तराई, गर्मिको वढि प्रभाव पर्ने क्षेत्रमा हुने भन्दै कर्णाली र तिला नदी आसपासमा बस्ने नागरिकलाई बिषेश सचेत गराउनु पर्ने बताउनुभयो । उहाँले कुनै बेला गाउँमा अपराध गरेको नागरिकलाई यातना दिन तराईका क्षेत्रमा पठाउने चलन रहेको भन्दै अव जलवायु परिवर्तनले हिमाली जिल्लामा पनि औलो रोगको सङक्रमण हुने हुदा यसबाट बच्ने उपाएका बारेमा नागरिकलाई जानकार बनाउने पहिलो जिम्मेवारी सञ्चार माध्य र त्यसपछिको स्वास्थ्यक्रर्मीको भनाएको बताउनुभयो ।
औलो रोग नियन्त्रण कार्यक्रमका फोकल ब्यक्ती हेमराज बमले एक स्वास्थ्यक्रर्मीले एक घर, एक बस्तीलाई जानकारी दिन धेरै समयमा लाग्ने भन्दै एक पत्रकारले आफ्नो सञ्चारमाध्यमबाट एकै पटक लाखौ नागरिकलाई सुचना दिन सक्ने भएकाले पत्रकारको भुमिका प्रभावकारी हुने बताउनुभयो । कालीकोटमा गत आर्थिक बर्षमा केही औलो रोगका बिरामी भेटिएपनि सबैको प्रयासले अहिले कालीकोट औलो मुक्त बनेको जानकारी दिनुभयो । रिर्पोटमा एक जना बिरामी भन्ने कुरा उल्लेख भएपनि उहाँ भारतमा बस्ने भएकाले सङक्रमण अघि र पछि पनि भारतमै रहेको बताउनुभयो ।
स्वास्थ्यक्रर्मी कृष्णकुमार बिष्टले आयातित औलो रोक भन्दा स्थानीय औलो रोग वढि घातक भएको हुदा त्यसको सङक्रमण हुनबाटै नागरिक पहिला नै सचेत हुनु पर्ने सुझाव दिनुभयो । नेपाल सरकारले नेपालवाट औलो रोग नियन्त्रण मात्र होइन मुक्त गर्ने लक्ष्य अनुसार सन २०२५ लाई मिति तय गरेकाले त्यसै अनुसारको औलो रोग बिरोधी अभियान चलाउनु परेको बताईन्छ । सन २००८ देखि नेपालमा औलो रोग दिवस मनाउदै आएको छ । औलो बिरुद्धका् लढाईमा तिव्रता दिउ, समता मुलक पहँुचको सृजना गरौ भन्ने मुल नाराका साथ स्वास्थ्य कार्यालय संगै बिभिन्न स्वास्थ्य सँस्थामा दिवस मनाईको छ । बिश्वको तथ्याँकलाई हेर्न हो भने नेपालमा औलो नियन्त्रणमा ठुलो सफल्ता मिलेको चिकित्सकको भनाई छ ।





