प्रेमराज सिम्खडा
कालीकोट पुस ६ गते । कालीकाट जिल्लाका सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीलाई कराँते सिकाउन थालिएको छ । आत्मा रक्षाका लागि बिद्यालयमा अध्यानरत बिद्यार्थीलाई बिद्यालयमै समयको ब्यवस्थापन गरेर कराँते खेल सिकाउन थालिएको हो ।
कराँतेका थ्रि डन प्रेमसिहं तिरुवाले गाउँमा रहेका सामुदायिक बिद्यालयसंगको समन्वय गरेर बिहान र बेलुका बिद्यालयमै कराँते खेत खेलाउन सुरु गरेको बताउनुभयो । उहाँले आफ्नो डोजो नेपाल सरकारको माप्दण्ड अनुसार दर्ता भएकाले आफुले कालीकोटका १५ बिद्यालयमा कराँते खेलाउन सुरु गरेको बताउनुभयो ।
उहाँले आफुले अहिले बिध्यादेवि माध्यमिक बिद्यालय महेकोटका बिद्यार्थीलाई कराँते खेलाईरहेको बताउनुभयो । यस अघि पञ्चदेव माबि मान्म, जनजिवन माबि ताडी, लगाएतका बिद्यालयमा अध्यानरत बिद्यार्थी र जिल्लामा रहेको कर्वड हलमा धेरै खेलाडी उत्पादन गरेको जानकारी दिनुभयो । केही दिन सबै बिद्यार्थीलाई सामान्य काँता खेलका नियम सिकाउने र त्यसपछि गुरुपमा बिभाजन गरेर पुर्णता दिने बताउनुभयो । नेपाल सोटोकन कराँते डो संघमा आबद्ध तिरुवाले तिव्रिकोट कराँते डोजो दर्ता गराउनु भएको छ । उहाँ जिल्ला खेलकुद बिकास समिति कालीकोटको सदस्य समेत हुनुहुन्छ ।





