प्रेमराज सिम्खडा
कालीकोट कात्तिक ४ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका क्षेत्रमा कालोपत्रेको काम सुरु भएको छ । शहरी बिकास कार्यालयको सहयोगमा नगरपालिका कार्यालय भित्रको दुई किलोमिटर सडक कालेपत्रे हुन लागेको हो । यस अघि अतिक्रमित सरकारी जमिनमा वनाईएका घरहरु नगरपालिकाले खाली गराएर त्यहाँ ३९ वटा ब्यबसायी सटर निमार्ण भईसकेका छन ।
नगरपालिका केन्द्र रहेको आरसिपि वजार क्षेत्रको सडकलाई कालोपत्रे गरेर वातवरणीय रुपमा सुन्दर मिनि शहर बनाउने नगरपालिकाको लक्ष्य छ । नगरपालिका उपप्रमुख तथा अनुगमन समितिका प्रमुख मनिराज वरालले पछिल्लो समय मिनि शहर स्थापना र सडक कालोपत्रेको काम अन्तीम चरणमा रहेको बताउनुभयो । अघिल्लो सरकारले पनि केही राम्रा काम गर्ने प्रयास गरेको थियो ।
यहाँको परिवेशले सम्भव नभएपनि अहिले आफुहरुले त्यसलाई सम्भव बनाएको र नगरको बिकासका लागि एकरुप्ताका साथ लागि परेको बताउनुभयो । नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले धेरै संघर्ष पछि २०५९ साल देखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराएर सरकारी संरचना निमार्णको काम भईरहेको बताउनुभयो ।
यहाँ एक सयको हाराहारीमा घर निमार्ण भएका थिए । नगर सरकारले खाली गराउने कुरा गरेपछि थप जमिन अतिक्रमण भयो । अन्तमा सरकार निर्मम हुने स्थीतीमा पुगेपछि ब्यवसायीहरु सहमतीमा आएर बिना वलप्रयोग जमिन खाली गराएर यहाँ ब्यवसायी सटर निमार्णको काम सुरु भएको बताउनुभयो । उहाँले निमार्णको जिम्मा लिएको बसना निमार्ण सेवाले सम्झौता भएको ६ महिनामा ९० प्रतिसत काम सकेको भन्दै यसरी छिटो बिकास हुने हो भने ठाउँ बदल्न र संरचना निमार्ण गर्न खासै आईतवार कुर्न नपर्ने बताउनुभयो । २०७४ यताको सरकारले अतिक्रमित जमिन खाली गराउने योजना थालेपनि सम्भव भएको थिएन । पछिल्लो सरकारले निरन्तर वार्ता र सम्वाद थालेपछि जमिन खाली गराए संगै रास्कोट नगरपालिका क्षेत्रमा सुन्दर शहर निमार्णले प्राथमिक्ता पाएको छ ।
सटर निमार्ण र सडक कालोपत्रेको जिम्मा लिएको बसना निमार्ण सेवाका सञ्चालक मानव बमले तोकिएको समय भन्दा अगाडी नै काम सक्ने गरी लागि परेको बताउनुभयो । हामीले काम गर्ने ढिलो गरेर किन सरकार र नागरिकलाई दुख दिने त्यही भएर आफ्नो श्रोत खर्च गरेर भएपनि काम सक्ने र भुक्तानी लिने बताउनुभयो । नगरको यरिया कालोपत्रे हुन थालेपनि २०७८ सालमा ठेक्का सम्झौता भएको सान्तीघाट आरसिपि नगरको मुल सडक कालोपत्रेको काममा भने ढिलासुस्ती हुदै आएको छ ।





