हुलाकका कर्मचारी धर्नामा

हुलाकका कर्मचारी धर्नामा

कालीकोट समाचारदाता
कालीकोट असार ५ गते । जिल्ला हुलाक कार्यालय कालीकोटमा कर्मचारी धर्नामा बसेका छन । लामो समय देखि खाईपाई आएको सेवा सुबिधा कायम गर्न र अतिरिक्त हुलाक कार्यालय पुर्नबहाली गर्न माग गदै कर्मचारी धर्नामा बसेका हुन । सरकारको नयाँ निति तथा कार्यक्रममा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने भनेपछि कर्मचारी आन्दोलीत भएका हुन ।
२०३७ साल बाट ५० रुपियाँ तलवमा काम गरेका कर्मचारीलाई कुनै पनि अनुदान प्रदान नगरेर सरकारले हटाउन खोजेको भन्दै आफुहरु धर्नामा बसेका कर्मचारीको भनाई छ । २०३७ देखि ५० रुपियाँ तलबको नियुक्ती बुझेर काम गर्नुभएका बिर्खवहादुर शाहीले लामो समय सामान्य सेवा दिएर काममा लगाउने र अहिले कार्यालय नै खारेज गरेर आफु माथि सरकारले अन्याय गरेको बताउनुभयो । ५० रुपियाँले काम गरेको ४३ वर्ष भयो ।
अहिले आएर सात हजार दुई सय तलव भएको थियो । बर्ष भरीको तलव जम्मा गरेर अलि खर्च चलाउदै आएका थियाँै । गाउँमा हुलाक बोक्दै बुढेशकाल लागेको बेला सडक पहुँच पुग्ने बितिकै आफ्नो रोजगारी खोस्नु सरकारको गैरजिम्मेवार निर्णय भएको गुनासो शाहीको छ । धर्ना बस्नु भएका कर्मचारी टेकराज शाही र चन्द्रमान महताराले २०४१ साल देखि आफुहरु हुलाक बोक्दै आएको सुनाउनुभयो ।
७५ रुपियाँ तलव थियो । त्यसैको भरमा अरु केही काम गरिएन । सडक थिएन, कालीकोटबाट हुलाकका ढाँक बोकेर दैलेख, जुम्ला, बाजुरा, अछाम सम्म पुग्ने गरेका थियौ, दुख भरी हामीले गर्ने अहिले आएर सामान्य खाईपाई आएको सेवा समेत खोसेर लिदा आफुहरु निकै अन्यमा परेको कर्मचारीको गुनासो छ । जिल्ला हुलाक कार्यालय कालीकोटको परिसरमा धर्नामा बसेका सबै कर्मचारीले आफ्नो आन्दोलन शान्नीपुर्ण रहेको प्रतिक्रिया दिएका दिएका छन ।
अतिरिक्त हुलाक सेवामा कालीकोटमा मात्र ८३ जना कार्यरत थिए । सबै आएर कार्यालय परिसरमा धर्नामा बसेका छन । धर्नामा रहनु भएका जसि खड्काले आफुहरु हुलाक बोक्दै कम्जोर भएका कारणले सरकारले दमन गरेपनि प्रतिकार गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । हामीसंग तागत छैन । अधिकारका लागि आन्दोलन गर्ने हो । कसैले धरपकट गरेमा बिना प्रतिकार दमन सहन बाध्य हुने बताउनुभयो । पञ्चायत भन्दा अगाडी अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा थियो । त्यसपछि वहुदल आउदा ग्रामिण हुलाक बनायो र त्यो संगै पुन अतिरिक्त हुलाक नामकरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित