प्रेमराज सिम्खडा
कालीकोट जेठ १८ गते । कालीकोटको शैक्षिक गुणस्तर दैनिक ओरालो लागि रहेको छ । बिगतका चार बर्षको नतिजा हेर्दा प्रति बर्ष शैक्षिक उपलब्धी खस्कीदै गएको छ । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित सत्यदेवी माध्यमिक बिद्यालयमा अध्यानरत छात्र भुपेन्द्र शाहीले अबिभावकले समय नदिएका कारणले बिद्यार्थीको पढाई कम्जोर हुदै आएको बताउनुभयो ।
छात्र शाहीले आफ्ना छोरा छोरीको पढाईमा ध्यान दिनु भन्दा तिला नदीमा माछा मार्न पठाउने गाई बस्तु चराउन लगाउने गरेकाले पढ्न नपाएर पछिल्ला बर्षमा नतिजा खस्कीदै आएको सुनाउनुभयो । मैले देखेको छु । मेरा कक्षाका सहपाटीहरु महिनामा तीन देखि १० दिन सम्म बिद्यालय आउछन । अनि परिक्षामा कसरी लेख्न सक्ने भन्दै अबिभावकलाई प्रश्न गर्नुभयो । कक्षा दशमा अध्यानरत छात्रा निसा शाहीले घरमा पढ्ने वातावरण नभएको बताउनुभयो । छात्रा शाहीले मदिरा सेवन गर्ने अबिभावकका कारणले घरमा पढ्ने वातावरण नभएको भन्दै बिद्यालयमा छ घण्टी पढेर परीक्षामा सुधार गर्न नसकिने चिन्ता ब्यक्त गर्नुभयो ।
सत्यदेवि माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पर्ववहादुर शाहीले बिद्यालयमा योजना छ भन्ने जानकारी हुना साथ निमाणर् समितिमा बस्न लुछाचुडी गर्ने अबिभावक बिद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि गरिने छलफलमा सहभागी नहुदा समस्या भईरहेको सुनाउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयमा आयोजना गरिएको त्रिपक्षिय छलफलमा शैक्षिक अवस्था सुधार नहुनुमा अबिभावककै दोस रहेको अध्यक्ष शाहीको भनाई छ ।
अध्यक्ष शाहीले एक महिना सम्म बालवालिकालाई बिद्यालय नपठाउने अबिभावकका बालवालिकाको हाजिर रजिष्टरबाट हटाउने चेतावानी दिनुभयो ।बिद्यालयका प्रधानाध्यापक र्धमराज शर्माले कक्षा दशमा पढ्ने बिद्यार्थीले आफ्नो नाम शुद्ध लेख्न नजान्नुमा सबै दोसी भएको भन्दै परीक्षामा मात्र बिद्यालयको अनुहार देखाएर नहुने हुदा पढाउने मन भए बालवालिकालाई सधै बिद्यालय पठाउन अबिभावकलाई अनुरोध गर्नुभयो ।
प्रअ शर्माले तपाईहरुले बिद्यार्थीलाई माछा मार्न पठाउने अनि परीक्षाका बेला बिद्यालयको कक्षा कोठामा राखेर बालवालिकाले पढाईमा सुधार गर्न नसक्ने भएकाले बिद्यालय खुलेको समयमा नियमित बिद्यालय पठाउन र साँझपख थोरै समय भएपनि आफ्ना बालवालिकाको पढाई प्रति चासो राखेर सोधपुछ गरिदिन अनुरोध गर्नुभयो । हाम्रै लापर्वाहीका कारणले सत्यदेवि माबिको पढाई ओरालो लागेको निचोडमा स्वयम अबिभावक पनि पुगेका थिए ।
सेभःद चिल्ड्ेन किर्डाक नेपालको सहयात्रा परियोजनाले दैनिक पढाई सुधारका लागि शिक्षकलाई तालिम दिएको भएपनि उक्त तालिमको शिक्षकले प्रयोग गर्न नपाएका गुनासो गरेका छन । बिद्यालयका शिक्षक मानवहादुर सहकारीले बिद्यार्थी नियमित नहुदा आफुले प्राप्त गरेको ब्यबारिक ज्ञानलाई प्रयोग गर्न नपाएको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।
यसमा बिद्यार्थीको दोस छैन । आफुले बिद्यार्थीसंग सोधीखोजी गर्दा रुदै भन्छन, घरमा अबिभावकले हामीलाई काममा लगाउनु हुन्छ हामी कसरी आउने । यसरी बालवालिकाको भबिश्य नबिर्गान शिक्षक सहकारीले अबिभावकलाई बिन्ती गर्नुभयो । जिल्लाशिक्षा तथा समन्वय ईकाइ प्रमुख प्रकाशचन्द धितालले पछिल्ला चार वर्ष यता सबै तिरको नतिजा कम्जोर भईरहेको बताउनुभयो । शिक्षक मात्र सक्रिय भएर भएन । उनिहरुवाट सिक्ने बिद्यार्थी बिद्यालयमा नियमित भएन भने त्यसको दोसी अबिभावक हुने धितालको भनाई छ । गाेरखापत्रवाट ।





