प्रेमराज सिम्खडा
कालीकोट जेठ १६ गते । यसपालि पनि कालीकोट जिल्लामा गणतन्त्र दिवस मनाईएको छ । प्रभात फेरी गरि कोण सभा गरेर दिवस मनाईरहदा नागरिकमा उत्साह भने घटेको आभास सबैले गरेका छन । अघिल्ला बर्षमा तामझामका साथ सबैको सहभागीतामा मनाईने गणतन्त्र दिबसको रौनक यसपालि नदेखिनुमा राजनिति दलको कम्जोरी भनिरहेका छन ।
साहित्यकार तथा लेखक मोतिराज बमले नेपाली काग्रेसले खुमवहादुर खड्कालाई माफि दिन नसक्ने तर रेशमलाई माफि दिएर जग हसाएको प्रतिक्रिया दिनुभयो । गणतन्त्रको सँस्थागत बिकास गर्ने र जनताको कुर्बानीलाई बिर्सेर सरकार मात्र टिकाउने घृणित खेल भएको बताउनुभयो । हिजो राणा, राजतन्त्र फाल्न जनता किन लागे, यो सरकारले त्यो बिर्स्यो । जनताका आधारभूत आबस्यक्ता र देशको स्वाभिमान भन्दा आफू टिक्ने खेल भयो । सस्था र देश सिध्याउने मात्र सरकार टिकाउने खेल प्रति आपती जनाउनुभयो । नेपाली काग्रेस महासमिति सदस्य समेत रहनु भएका नेता बमले वर्तमान सरकारले कानुनको धज्जी उडाएको बताउनुभयो ।
उहाँले अब यस्तै हो भने सरकारका तीन अंग मध्य न्यायपालिका हटाएर दुइवटा ब्यबस्थापिका र कार्यपालिका राखे हुन्छ बमले आक्रोषित हुदै भन्नुभयो । संबिधान सभा सदस्य तथा बरिष्ठ अधिबक्त तुलाराज बिष्टले संघियता र लोकतन्त्रीक गणतन्त्रको उपहास भएको बताउनुभयो । सामाजिक सञ्जालमा लेख्दै बामपन्थी नेता बिष्टले अपराधलाई सम्मान गर्ने दिवसका रुपमा लिनु गलत भएको भन्दै सच्चाउन अनुरोध गर्नुभयो ।
कालीकोटमा सरकारी कार्यालयका कर्मचारीले मात्र दिवस मनाएका छन । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, उपप्रमुख मिना रावत, दलको तर्फवाट नेकपा एमालेका अध्यक्ष जसिप्रसाद पाण्डे, नेपाली काँग्रेस, एकिकृत समाजवादी र माओवादी केन्द्रका प्रतिनिधिमुलक नेताको मात्र सहभागी रहेको थियो । एमाले अध्यक्ष जसिप्रसाद पाण्डेले दिवस अब औपचारिक्तामा मात्र केन्द्रीत भएको बताउनुभयो । केही दिन अगाडी देखि बिभिन्न कार्यक्रम गदै आएको बिगतको दिवस हराउदै गएको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।
कालीकोट सदरमुकाम मान्ममा रहेको योगी नरहरीनाथ चोकमा आयोजित कोण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले गणतन्त्रलाई जोगाउनु सबैको भुमिका भएको बताउनुभयो । उहाँले निराँस हुने र सहभागीता नजाउनुले गणतन्त्र कम्जोर हुने भन्दै कतै भएका गल्तीलाई सच्चाएर अगाडी वढ्नु पर्ने बताउनुभयो । नेपाली काग्रेस जिल्ला समिति सदस्य सविन बिष्टले राजनिति सहमतीका नाममा भएका केही निर्णय गलत भएका कारणले नागरिक निरास हुन थालेको बताउनुभयो । दिवसमा नेपाल पत्रकार महाँसंघ, नागरिक समाज, कानुन ब्यवसायीहरुको खासै सहभागीता रहेको थिएन । गोरखापत्रवाट





