तलव नपाएपछि कर्मचारी धर्नामा

तलव नपाएपछि कर्मचारी धर्नामा

प्रेमराज सिम्खडा
कालीकोट जेठ १२ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा कार्यरत १५ जना स्थाई कर्मचारी तलव भत्ताको माग गदै धर्नामा बसेका छन । कर्मचारी समायोजनका बेला दरवन्दी भन्दा वढि १५ जना स्थाई स्वास्थ्यक्रर्मीले रास्कोट नगरपालिका रोजेर आएका थिए । उनिहरुले बिगत ११ महिना देखि तलव भत्ता नपाएपछि धर्नामा बसेका हुन ।
बारम्वार तलव भत्ताको माग गदै आएका स्वास्थ्यक्रर्मीले ११ महिना बितिसक्दा समेत तलव नपाएपछि नगरपालिकामै धर्नामा बसेका हुन । समायोजन संसोधन र समायोजन मिलान भएका कर्मचारीले ११ महिना सम्म तलव नपाएपछि अनिश्चितकालका लागि धर्नामा बसेको पिडित कर्मचारीले बताएका छन । जनस्वास्थ्य निरिक्षिक देवेन्द्र शाहीले नगरपालिकाले काममा लगाउने र तलवका वारेमा खोजिनिति नगर्ने गरेकाले नगरकै हातामा धर्नामा बसेको बताउनुभयो ।

सिनियर अहेव शंकरप्रसाद वरालले पटक पटक नगरपालिका प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल र प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमलाई आफ्ना समस्याका वारेमा पहल गर्न भनेपनि उहाँहरुले वास्ता नगरेका कारणले सबै सेवा रोकेर आफुले तलव नपाउदा सम्म धर्ना बस्ने बताउनुभयो । उहाँले आफुहरुलाई नगर देखि संघ सरकारले हदै सम्मको अन्याय गरेको गुनासो गर्नुभयो ।


कामकाज नगरपालिकामा गरेपनि उनिहरुले तलव भने ११ महिना यता पाएका छैनन । अघिल्लो सरकारले नगरपालिका वाटै तलव खुवाउदै आएको भएपनि यो सरकारले भने ११ महिना यता तलव नखुवाएको स्वास्थ्यक्रर्मीको भनाई छ । नगरका प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले नगरपालिकामा दरवन्दी भन्दा वढि कर्मचारी आएकाले तलव स्वास्थ्य मन्त्रालयले नपठाएका कारणले खुवाउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयमा जानकारी गराउदा समेत सुनुवाई नभएकाले समस्या भएको सुनाउनुभयो ।

नगरपालिकाले बिकासे वजेटवाट नगर प्रहरी भर्ना गरेको छ भने स्थाई कर्मचारीलाई तलव दिन रुपियाँ नभएको भन्दै ११ महिना देखि खाली काम गराईको छ । नगर सरकारको चरम लापर्वाही भन्दै समाजिक सञ्जालमा बिरोध भईरहेको छ । सरकारका प्रतिनिधिले भने अघिल्लो सरकारले बोलाएका कर्मचारीलाई उही सरकारले तलव दिनु पर्ने गैरजिम्मेवारी तर्क दिईरहेका छन ।

यस अघि गोरखापत्रसंग कुरा गदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुचना अधिकारी डाक्टर पवन कुमार शाहले तलव मागको फाईल अर्थमन्त्रालयमा पठाएको बताउनु भएको थियो । उहाँले समयमा नगरसरकारले खवर नगर्दाको समस्या भएको भन्दै अर्थवाट स्वीकृत भएर आउने बितिकै तलव उलब्ध गराउने बताउनु भएको थियो । उक्त समाचार गोरखापत्रको गत बैशाखको १८ गते प्रकाशन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित