बिनासकारी वाढीको पिडा झेल्दै राँचुलीवासि मार्षि जिउलोलाई वगर बनायो

बिनासकारी वाढीको पिडा झेल्दै राँचुलीवासि मार्षि जिउलोलाई वगर बनायो

प्रेमराज सिम्खडा
कालीकोट जेठ ६ गते । गएको असोज १९ गते देखि २३ गते सम्म लगातार परेको भिषण बर्षाले देशैभर ठुलो क्षती पुगायो । बर्षा पछिको वाढीले कालीकोटको राँचुलीको जिउलो वगरमा परिणत गरेको गर्यो । त्यो पिडा राँचुलीवासि झेलिरहेका छन । यता खेतमा धान पाकेर झुलेका थिए । गाउँको सिरानबाट आकस्मीक आएको वाढीले खेतलाई पुरेर बगर बनाएको पिडाले गाउँले छटपटाई रहेका थिए । त्यसको दुई घण्टा पछि संगैको नपत्याउने खहरेखोलामा आएको अर्को वाढीले राँचुली गाउँ सोकमग्न बन्यो ।
मलामी गएका मध्य १३ जनालाई वाढीले वेपता पारेको त्यो कहाली लाग्दो घटनाले गाउँको सातो नै गयो । राँचुलीकी ५६ वषिय रुपकौरा शाहीले खेतमा वाढी पसेको र आफुहरु गाउँ छोडेर नजिकै रहेको कालिका माध्यमिक बिद्यालयमा आश्रय लिईरहेका बेला तिला नदीमा मलामी गएका एकै गाउँका १३ जना दाजु भाई, काका भतिजालाई बाढीले बगाएको खवरले चेत गुमाएको सुनाउनुभयो । उहाँले आफुहरु धेरै दिन पछि होसमा आएको पिडा सुनाउनुभयो ।उताको वाढीले मान्छे बगायो, यताको बाढीले खेत पुरै बगर बनायो । एकै गाउँलाई दुई घटनाले सोकाकुल बनाएको पिडित परिवारको भनाई छ । बेपता अब भेटिदैनन भनेर पिडित परिवारले हिक्काठोक गरेका भएपनि घरको आँगानवाट बगर बनेको देखिने खेतले भने पिडित परिवारलाई झस्काईरहेको छ । घरपरिवार पाल्ने एकमात्र खेत बगरमा परिणत भएपछि राँचुलीका नागरिक परिवार पाल्न भारत तिर मजदुरीका लागि जाने गरेका छन ।
पुर्व वडा अध्यक्ष खड्कराज शाहीले खेत पहिरोले पुरेका कारणले परिवार पाल्नका लागि यती बेला गाउँका सबै भारतको केदारनाथ तिर मजदुरीका लागि गएको सुनाउनुभयो । आफुले पनि भाई गुमाए, गाउँले सबैको खेत पनि पहिरोले बगर बनायो । राहतको नाममा मृर्तकका परिवारले काजकृया बापत पाएको ३० हजार बाहेक अरु केही नपाएको शाहीको गुनासो छ । अकालमा मरेका मान्छेको नामको रुपियाँ खासै हामीलाई चाहिएको थिएन । पहिरोले पुरेको खेत बनाउने योजना दिएको भएपनि हुने शाहीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित