छ बर्ष पछि नगरपालिका आफ्नै भवनमा

छ बर्ष पछि नगरपालिका आफ्नै भवनमा

प्रेमराज सिम्खडा 
कालीकोट जेठ ६ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । संघिय सरकारको लगानीमा नगरपालिकाको सुबिधा सम्पन्न भवन निमार्ण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो । नगरका प्रमुख प्रशासकिय अधिकृत जवान सिह बमले भवन सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।
प्रमुख बमले बिगत छ वर्ष सम्म सागुरो टिनले छाएका स साना कोठाबाट सेवा दिनु र सुविधा सम्पन्न भवनबाट सेवा दिनुमा धेरै फरक पर्ने बताउनुभयो । अव सेवाग्राहीलाई पनि असहज छैन । नत्र कुनै आयोजनाका वारेमा कुरा गर्दा कोठामा दुई जना सम्म बस्न नमिल्ने भएकाले खुला चौरमा आउनु पर्ने अवस्था थियो । नयाँ भवन सम्पन्न भयर सेवा सुरु गरेसंगै पुराना समस्याबाट छुटकारा पाएको बताउनुभयो ।
तीन तलाको भवनमा सबै शाखा रहेका छन । प्रशासनिक भवन संघिय सरकार तथा नगरपालिकाको सयुक्त लगानीमा निमार्ण भएको हो । रास्कोट नगरपालिकाका इन्जिनियर नरेशवहादुर शाहीले संघ सरकार र नगर सरकारको सयुक्त लगानीमा भवन बनेको बताउनुभयो । उहाँले पाँच करोड वढीको ठेक्का भएपनि निमार्ण ब्यवसायीले ठेक्का घटेका कारणले भवन निमार्णका लागि तीन करोड ३९ लाख खर्च भएको बताउनुभयो ।
यसमा संघ सरकार र नगर सरकारको वरावर लगानी रहेको बताउनुभयो । तीन वर्ष अगाडी ठेक्का सम्झौता भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही निमार्णमा भने ढिलाई भएको हो । चार तलाको भवनमा सबै शाखाले सेवा दिईरहेका छन । बैठक हल देखि बिभिन्न शाखा र नगर प्रमुख उपप्रमुखका कार्यकक्ष समेत उक्त भवन भित्र ब्यवस्थापन गरिएको छ । गाेरखापत्रवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित