प्रेमराज सिम्खडा ।
कालीकोट बैशाख १५ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह उल्लेख्य मात्रामा घटेको छ । सुरुवातीमा टोटल बिवाहको ५९ प्रतिसत वालविवाह क्रमिक घटेर १० प्रतिसतमा झरेको छ । सेभःद चिल्ड्ेन, किर्डाक नेपाल सहयात्रा परियोजना र नगरपालिकाले सयुक्त रुपमा चलाएको बालविवाह बिरुद्धको अभियान प्रभावकारी भएको पाईएको हो ।
नगरपालिका सामाजिक बिकास शाखा प्रमुख तथा वडा नं ६ का अध्यक्ष पर्वलाल शाहीले गैरसरकारी सँस्थाको सहयोग सम्झन लायक भएको बताउनुभयो । अध्यक्ष शाहीले सरकारीको सहयोगी सेभःद चिल्ड््ेन किर्डाक नेपालले धेरै दुख गरेर नगरपालिका भरीको बालविवाह सुन्य आसपास रहेको बताउनुभयो । १० प्रतिसतमा झर्नु भनेको निकै उपलब्धी हो । त्यसैले पनि हामीले सहयोगी सस्थालाई धन्यावाद दिनुपर्छ वडा अध्यक्ष शाहीले सुनाउनुभयो ।
किर्डाक नेपालका वालसंरक्षण अधिकृत सरिता खत्रीले पाँच वर्षको अवधीमा वालविवाहको दर ४९ प्रतिसतले कमि आएको बताउनुभयो । हामीले सन २०१९ अर्थात २०७५ सालमा पहिलो पटक नगरपालिका संगको साझेदारीमा सर्वे गर्दा ५९ प्रतिसत वालविवाह थियो । त्यसलाई न्यनिकरण गर्नका लागि बिभिन्न कार्यक्रम सञ्चालन गदैँ आउदा अहिले १० प्रतिसतमा झरेको छ । अव यसैलाई पनि सुन्यमा झार्नका लागि नगरपालिकाले प्रतिबद्धता गरे अनुसार आफुहरुले काम गरिरहेको बताउनुभयो । परियोजना संयोजक कृपराज जोसीले बालविवाह न्युनिकरण र वालवालिका माथि हुने सबै खाले हिन्सा रोक्न निकै दुख गर्नु परेको बताउनुभयो ।
सबै सामुदायिक बिद्यालय केन्द्रीत सचेतीकरणका कार्यक्रम, बस्ती बस्तीमा हिन्सा रहित कक्षा सञ्चालन, बिवाहको साईत (लगन) दिने सबै धामीझाँग्री र पुरोहितलाई बालबिवाह बिरुद्धको अभियानमा परिचालन लगाएतका सचेतीकरणका कामको प्रतिफल वालविवाह घटेको सुनाउनुभयो । नगरको महिला तथा वालवालिका शाखाले बालविवाहको दर दश प्रतिसतमा भन्दा अझै तल झरेको जनाएको छ ।





