कालीकोट, चैत १९ गते । झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ । तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गदै आएका इट्टा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुदै आएका छन । तराई क्षेत्र भएपनि सडक मार्फत इट्टा ढुवानी गर्न सहज नहुदा इट्टा ब्यवसायीहरुले हिमाली जिल्लाका घोडा इट्टा भट्टामा प्रयोग गदै आएका छन ।
शनिवार जुम्लाबाट खरिद गरि ल्याएका घोडाका वारेमा जानकारी दिदै बाँकेका उमि खानले वर्षातको समयमा खेतमा पानी जम्ने हुदा गाडी मार्फत इट्टा ढुवानी गर्न कठिन हुने भएकाले घोडालाई इट्टा ढुवानीका लागि खरिद गरिएको जानकारी दिनुभयो । उहाँले बर्षातको समयमा घोडा मार्फत इट्टा ढुवानी गर्न सहज हने हुदा खरिद गरि लागिएको जानकारी दिनुभयो । खानका अनुसार खेतको बिच भागमा ठुला इट्टा भट्टा छन्, बर्षातको समयमा पानी जम्ने र तराईको चिप्लो माटोका कारणले गाडी प्रयोग गर्न नसकिने हुदा उक्त समयमा उत्पादन भएका इट्टा घोडा मार्फत गोदाम सम्म ढुवानी गर्न सजिलो हुन्छन ।
त्यसैले हिमाली क्षेत्रमा मात्र घोडा पाईने भएकाले आफुहरुले जुम्लाको सिजाबाट खरिद गरि ल्याएको सुनाउनुभयो । खानले ३३ वटा घोडाको मुल्य सात लाख ५० हजार परेको सुनाउनुभयो । उसरी खानले खरिद गरेको मुल्यलाई भाग गर्दा प्रति घोडाको मुल्य २२ हजार ७२७ रुपियाँ पर्न आउछ । यो भनेको निकै सुफल मुल्य हो । अहिले पनि उस्तै प्रति घोडाको मुल्य एक लाख छ । एकै ठाउँमा तीन जना कृषकबाट खरिद गर्दा ठुलाको घोडा वा घोडीको ५० हजार सम्म परेको र सानाको १५ हजार सम्म खरिद मुल्य परेको अर्का इट्टा ब्यवसायी महमद खानको भनाई छ ।
हामीले होलसेल मुल्य गर्दा यस्तै २२÷२३ हजार प्रयो । जम्मा आफुहरुले ३३ घोडाको सात लाख ५० हजार भुक्तानी गरेको बताउनुभयो । हामीले सबै लैजाने भनेपछि उहाँहरुले मुल्य पनि समायोजना गरिदिनु भएको हो खानले भन्नुभयो । हामीलाई वर्षातको समयमा इट्टा भट्टाबाट गोदाम सम्म यातायातको बिकल्पमा घोडा प्रयोग गदै आएको सुनाउनुभयो । सुरुका वर्षमा जुम्ला कालीकोट, मुगुका कृषकले घोडा बिक्रीका लागि हिउदको समयमा तराई आफै लिएर जानु पथ्यो । तर पछिल्लो समय सुचना र यातायातको पहुँचले गर्दा आवस्यक परेको खण्डमा तराईका इट्टा ब्यापारीहरु आफै आएर घोडा खरिद गदै लिने लिदा घोडा पालकलाई सहज भएको छ । गाेरखापत्र बाट





