दुल्लुका एमाले खोज्दै एमाले नेता शाही

दुल्लुका एमाले खोज्दै एमाले नेता शाही

प्रेमराज सिम्खडा
कालीकोट, चैत १७ गते । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा एमाले नेता मिनवहादुर शाहीले एमालेका पार्टी सदस्य खोजिरहनु भएको छ । पुर्व योजना आयोगका सदस्य समेत रहनु भएका एमाले कर्णाली प्रदेश कमिटि सदस्य मिनवहादुर शाही लगाएत नेताहरुले पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा एमालेका संगठित सदस्यहरुको खोजि गर्न सुरु गर्नुभएको छ ।
मिसन ग्रासरुट अभियानमा दैलेखमा खटिनु भएका शाही लगाएतका एमाले नेताहरुले गाउँका खुला चौरमा बसेर एमाले पार्टीका सदस्यता प्राप्त गरेका दुल्लुका कार्यकर्ताको नाम हेदै नविकरण गर्ने काम पनि गरिरहनु भएको छ । नेता मिनवहादुर शाहीले दुल्लुमा नगरस्तरिय मिसनग्रासरुटको समिक्षा वैठक सम्पन्न गदै पाटी सदस्यको पनि नविकरण भईरहेको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा एमालेलाई जिताउन र देशै भर बहुमत दिलाउनका लागि नेता कार्यकर्ता बिच दोहोरो प्रतिबद्धता भईरहेको जानकारी दिनुभयो । नेकपा एमाले केन्द्रले तय गरेको मिसनग्रासरुट अभियानका क्रममा पुर्व योजना आयोगका सदस्य शाहीको दैलेख दुल्लुमा कार्यक्षत्र परेको छ । एक आपसमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचित बनाउन र एमालेको जुनसुकै कार्यकर्ता देशको जुनसुकै क्षेत्रवाट चुनावमा भिड्दा पनि बिजयी हुन कुनै अवरोध नहोस भनेर अन्तर जिल्ला तथा पालिका कार्यक्षेत्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित