९० वर्षिया बृद्धले एमालेको पाटी सदस्य मागे

९० वर्षिया बृद्धले एमालेको पाटी सदस्य मागे

प्रेमराज सिम्खडा
कालीकोट, चैत १७ गते । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं ४ का ९० वर्षिय एक बृद्धले नेकपा एमालेको पार्टी सदस्यका लागि आवेदन दिनु भएको छ । नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा वडा नं ४ का ९० वर्षिया बृद्ध जयसिहं सेजुवालले आफुलाई नेकपा एमालेको पार्टी सदस्य प्रदान गर्न आवेदन दिनु भएको हो ।
अभियानका क्रममा वडा नं ४ मा पुग्नु भएका नेकपा एमालेका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री दल रावललाई पार्टी सदस्यका लागि आवेदन फारम बुझाउनु भएको हो । अभियानमा रहनु भएका केन्द्रीय सदस्य रावलले जयसिँह सेजुवाल जस्तै धेरै बृद्धहरुले आफुहरु लामो समय दे्खि एमालेको समर्थक रहेको र अव बृद्ध भएकाले पार्टीमा सक्रिय हुन नसकेकाले पार्टी सदस्य प्राप्तीका लागि माग नगरेको प्रतिक्रिया दिने गरेको बताउनुभयो ।
नेता रावलले खास एमाले गाउँमा रहेको भन्दै सहि समयमा नेकपा एमाले केन्द्रले मिसन ग्रासरुट अभियान थालेर एमाले प्रति सधै आस्था राख्ने बिचार मिल्ने र वर्षौदेखि सुर्य चिह्मा मताधिकार प्रयोग गदै आएकाहरुसंग मिलन गर्ने अवसर पाएको सुनाउनुभयो । जयसिहंले आफु युवा हुदा देखि कम्युनिष्ट भन्दै आएको र पछि २०४७ साल देखि एमालेको कार्यकर्ता भएपनि सदस्यता नपाएकाले बल्ल एमालेको सदस्यता प्राप्त गर्ने अवसर आएकाले आवेदन फारम लिन अनुरोध गरेको जानकारी दिनुभयो । बिक्रसम्वत १९८९ साल जेठ १० गते जम्मीनु भएका सेजुवालले उमेर घर्किदै गएको भएपनि पार्टी सदस्यताको इच्छा युवा उमेर जस्तै भएको सुनाउनुभयो ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य प्रकाश रोकायाले आफुहरु संगको कुराकानीमा आफु अझै दश वर्ष सम्म जिवित हुने र दुई पटक पार्टीलाई मतदान गर्ने भएकाले यो अवधीमा नेकपा एमाले त्यो पनि केपि शर्मा ओलीले हस्ताक्षर गरेको पार्टी सदस्यता आफुलाई चाहिने भन्दै आवेदन दिएपछि आफुले केन्द्रीय सदस्य दल रावललाई सदस्यताका लागि फारम बुझाउन लगाएको सुनाउनुभयो ।
नेकपा एमाले कालीकोटका उपाध्याक्ष दयाराम सिम्खडाले पलाँचझरना गाउँपालिका, पलाँता र रास्कोट क्षेत्रका धेरै जसो ६० वर्ष माथिका बृद्धले पार्टी सदस्यका लागि आवेदन दिएको सुनाउनुभयो । उहाँले बुधवार सम्म सबै बृद्ध उमेरका ब्यक्तिले दिनु भएको पार्टी सदस्यता प्राप्तीको आवेदन एकिन गरी जानकारी गराउने बताउनुभयो । नेकपा एमाले केन्द्रले गत फागुन ५ गते बाट सुरु गरेको मिसन ग्रासरुट अभियानले जनस्तरमा राम्रो प्रभाव पारेको छ । चुनावका बेला मात्र गाउँमा आउछन भन्ने नागरिकको राजनिति दल प्रतिको गुनासो नेकपा एमालेले चिरफार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित