स्थापना दिवसका अवसरमा अन्तरक्रिया

स्थापना दिवसका अवसरमा अन्तरक्रिया

प्रेमराज सिम्खडा
कालीकोट, चैत १६ गते । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा कालीकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कालीकोट शाखाले महाँसंघको ६८ औँ स्थापना दिवसको अवसरमा प्रभातफेरी सहित अन्तरक्रियाको आयोजना गरेको हो ।
दिवसका अवसरमा राजनिति दलका साथै बिभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना दिदै स्वतन्त्र पेशालाई थप स्वतन्त्र बनाउन सुझाव दिएका छन । नेपाल पत्रकार महासघ कालीकोट शाखा अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा आयोजित अन्तरक्रियामा वोल्दै जिल्ला समन्वय समितिका कालीकोटका प्रमुख धनजित शाहीले जिल्ला सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार देखि जिल्ला सरकार राज्यको चौथो अङगका रुपमा स्थापीत सस्था नेपाल पत्रकार महाँसघको हितका लागि अग्रसर हुने बताउनुभयो ।
नेपाल पत्रकार महांसघ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटाले सरकारको प्रतिपक्ष पत्रकार भएकै कारणले मुलुकमा कुनै पनि बिकृतीले जरा गाड्न नपाएको सत्यतालाई कसैले लुकाउन नसक्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले सुचना नपाएर तड्पीएका ग्रामिण क्षेत्रका नागरिकलाई निशुल्क सुचना दिने पत्रकार र पत्रकारकै माध्यमवाट सञ्चालीत सञ्चारमाध्यम भएको भन्दै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि सबै सुरक्षा निकायको भुमिका सकारात्मक भईरहेको सुनाउनुभयो ।
प्रजिअ माझिले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको कालीकोटको सुनथराली बिमान स्थलमा हुने साधारण सभाको लागि आवस्यक सहयोग भईरहेको बताउनुभयो । नेकपा एमालेका प्रदेश कमिटि सदस्य खडानन्द चौलागाईले पत्रकारले लेखेको र बोलेको कुरामा सत्यता छ भनेर बिश्वास गर्ने भएकाले अझै पनि सत्य, पुर्ण श्रोत भएका समाग्रीलाई प्रशारण तथा प्रकाशनका लागि आग्रह गर्नुभयो । आफैले उठाएका बिषयलाई बिचैमा छोड्ने शैलिको पछिल्लो समयमा बिकास हुदै गएकाले यस तर्फ ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो ।
अन्तरक्रियामा राप्रपाका अध्यक्ष धन ब बटाला ,माओवादी केन्द्रका कर्णालि प्रदेश कमिटी सदस्य सद्धन बोगटी ( बिपिन) प्रेसचौतारी नेपाल कर्णाली प्रदेशका महासचिव प्रेमराज सिम्खडा, मिडिया उद्यमी तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न कार्की, कान्तीपुरक्रर्मी तुलाराम पाण्डे, नागरीक समाजका दमनराज बम, जिल्ला वारका अध्यक्ष अमलराज शाही, सान्नित्रिबेणी वडा नं ३ का अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता रंगलाल देबकोटा कांग्रेस जिल्ला कमिटी सदस्य सबिन बिष्टले शुभकामना दिदै प्रेस स्वतन्त्रताको पक्षमा आफुहरु पनि रहेको प्रतिक्रिया दिनु भएको थियो ।
नेपाल पत्रकार महाँसघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले कार्यक्रम समापन गदै यस्तै महासघका कार्यक्रमले जिल्लाका सबै सरोकारवालाहरुसंग मैत्रीपूर्ण सम्बन्ध सुधार गर्ने अवसर प्राप्त हुने गरेको भन्दै सबैको सहयोगले राम्रो समाजको निमार्ण हुने हुदा सक्रिय सहभागीताका लागि सबैलाई धन्यावाद दिनुभयो । २०१२ साल चैत १६ गते तत्कालिन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेर ६७ वर्ष पूरा गरेको ६८ औँ बर्षमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित