नेकपा एमाले कालीकोटद्धारा मिसन ग्रासरुट अभियान सुरु,

नेकपा एमाले कालीकोटद्धारा मिसन ग्रासरुट अभियान सुरु,

कालीकाेट फागुन १६ गते ।  नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य यगेश भट्राईले राजनितिक बेइमानी संग एमाले मिल्न नसक्ने बताउनुभयो । उहाँले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड राजनितिक बेइमान मात्र होइन, दक्षिणपन्थी अवसरवादको एजेण्ड भएको आरोप लगाउनुभयो ।

उहाँले मुलुकको दिशा निर्देश गर्ने एमाले पार्टीले बनाईदिएको प्रधानमन्त्री दाहललाई नपच्नुको पछाडी बिदेशीको प्रतिनिधि भएको पुस्टी भएको दावी गर्नुभयो । सचिव भट्राईले लिपुलेख लिम्पीयाधुरा नेपाली भुमि भएको दावी एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गरेदेखि प्रचण्ड बरबराउन थालेको र त्यसैका कारणले नेकपा बिभाजन भएको स्मरण गदैँ सुधार गर्न सकिन्छ भनेर प्रधानमन्त्री बनाउदा समेत नपचेका कारणले उहाँ प्रचण्डले भन्दै आएको भारतीय बिस्तार र नेपाली प्रतिनिधि नेकपाली काग्रेससंग घाँटी जोड्न पुगेको दिनको घाम जस्तै छलङ्ग भएको सुनाउनुभयो ।

नेकपा एमाले कालीकोटले सुरु गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गदै सचिव भट्राईले पुस १० गते भएको सहमतीवाट भाग्ने र जनमुखी काम गर्ने एमालेका सरकारमा रहेका मन्त्रीलाई अपमान गर्ने प्रबृती प्रचण्डले देखाएका कारणले आफुहरु सरकारवाट वाहिरिएको जानकारी कार्यकर्तालाई गराउनुभयो । उहाँले माओवादी कति बेइमानी र अपराधी छ भन्ने कुरा कर्णालीको बिकासका लागि सडक खनिरहेको नेपाली सेनालाई पिलिमा मारेको घटनावाट पनि स्पष्ट हुन अनुरोध गर्नुभयो ।

नेकपा एमाले कालीकोटका अध्यक्ष जसिप्रसाद पाण्डेको अध्यक्षतामा सुरु भएको अभियान उद्घाटन कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटि सदस्य यमलाल कडेलले पार्टीका आन्तरिक बिषय समिक्षाको माध्यमवाट समाधान गर्ने भन्दै गुनासो बोकेर मात्र केन्द्र प्रदेश र जिल्लामा नधाउन अनुरोध गर्नुभयो । पार्टीले तोकेको जिम्मेवारी पुरा गर्नका लागि कठिबद्ध हुन निर्देशन दिनुभयो । जिम्मेवारी एकातिर काम अर्को तिर भयो भने तनाव भएर अस्पताल जानु पर्ने अवस्था आउन सक्छ भन्दै यस्ता बेहीमानी काममा नलाग्न अनुरोध गर्नुभयो ।

एकै दिन वडा, पालिका र जिल्ला अधिवेशन गरेर एमाले पार्टीले नयाँ रेर्कड कायम गरेको भन्दै पुन एमालेको आफ्नै अनुशासन छ भनेर बुझ्न चेतावनी समेत दिनुभयो । ब्यबहारमा मुल घर एमाले हो भनेर देखाउन भन्दै काँग्रेस एमालेलाई राजगर्न होइन एमालेलाई राज गराउने अभिभारा मिसन ग्रासरुटले तय गरेको भन्दै एमाले पार्टी निति, बिधि र सिदान्तका हिसावले अरु काही कसैले जित्न नसक्ने बताउनुभयो । उद्घाटनमा एमाले स्थाई कमिटि सदस्य गोरखवहाुदर वोगटी, लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित